एम्बुलेन्स दु’र्घटना हुँदा एक जनाको मृ’त्यु, दुई घा’इते
पाँचथर, १७ जेठ । पाँचथरमा गए राति एम्बुलेन्स दु र्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घा इते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दु र्घटना भएको हो ।
दु र्घटनामा घा इते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ः४० मा चिकित्सकले मृ त घोषित गरेका थिए ।
दु र्घटनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । टाउको, हात तथा छातीमा चो ट लागेका घा इतेहरुको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ । मृ तक तथा घा इतेहरु उपचारका लागि झापा गई उपचारपश्चात घर फर्कँदै थिए ।
दु र्घटनापछि प्रहरीले उक्त एम्बुलेन्सका चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । उक्त एम्बुलेन्समा चालकसहित चार जना सवार थिए ।(रासस)


