पञ्चेश्वरमा भएको जिप दु,र्घटनामा मृ,त्यु भएका परिवारलाई पञ्चेश्वर गाउँपालिकाले राहत

बैतडी, बैतडीको पञ्चेश्वरमा भएको जिप दु,र्घटनामा मृ,त्यु भएका परिवारलाई पञ्चेश्वर गाउँपालिकाले राहत दिने भएको छ । गाउँपालिका वडा नं ६ मा गत वैशाख २० गते च,ट्याङ लागेर मृ,त्यु भएका वडा सदस्य गोविन्दसिंह भण्डारीको परिवार र वैशाख २१ गते भएको जिप दु,र्घटना परी मृ,त्यु भएका परिवारलाई राहत दिने भएको गाउँपालिकाले जनाएको छ ।

चट्याङ लागेर मृ,त्यु भएका वडा सदस्य भण्डारीको परिवारलाई ४ लाख राहत दिने र वडा सदस्य भण्डारीको श,व पोष्टमार्टमाका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा भएको जिप दुर्घटनामा परी मृ,त्यु भएकाहरुको ५ जनाको परिवारलाई प्रतिपरिवार एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो ।

तत्कालका लागि मृ,तकका परिवारलाई ५० हजारका दरले उपलब्ध गराइसकिएको छ । उहाँले भन्न्ुभयो,“मृ,तकका परिवारलाई व्यवसाय गर्नका लागि एक लाखका दरले अनुदान दिने निर्णय समेत भएको छ, दु,र्घटनामा घाइते र मृत्यु भएका गरी १० परिवारका लागि महिला लक्षित कार्यक्रमबाट यसै आर्थिक वर्षमा अनुदान दिने समेत निर्णय गरेका हौं ।”

यसका साथै दु,र्घटनामा घरका पुरुष मानिस बितेपछि महिलाहरुलाई जिविकोपार्जनमा समस्या भएकोले व्यावसायिक अनुदान दिने निर्णय भएको अध्यक्ष चन्दको भनाई छ । मृ,त्यु भएका परिवारका छोराछोरीलाई उच्च शिक्षा हासिल गर्नका लागि छात्रवृत्ति उपलब्ध गराउने निर्णय भएको छ ।

यसैगरी सो दु,र्घटनामा परी घाइते भएकाहरुको उपचारमा लाग्ने खर्च मध्ये ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने र जिप दु,र्घटनामा परी मृत्यु भएका परिवारले महाकाली यातायातबाट पाउने क्षतिपूर्ति प्राप्तिका लागि पहल गर्ने निर्णय समेत भएको छ ।

पीडित परिवारलाई सहयोग पुरयाउन राहत कोष स्थापना गरिएको र सो कोषमा जम्मा भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिने अध्यक्ष चन्दले बताउनुभयो । उहाँले भन्न्ुभयो,“राहत कोष स्थापना गरेर केही रकम जम्मा गरेको गरेका छौं, थप रकम जम्मा गर्नका लागि सहयोगको लागि आह्वान गरिएको छ । कोषमा जम्मा भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरर्छा।ं”

वैशाख २० गते साँझ चट्याङ लागेर पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको निधन भएको थियो ।

भण्डारीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने क्रममा से १ ज १२३ नम्बरको जिप गणमेश्वर मन्दिर नजिकै दु,र्घटना भई देवल गाउँका अन्य ५ सहित ६ जनाको निधन भएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।