बालकलाई घाँटीको क्यान्सर भएपछि जीवनरक्षाको याचना

सिमकोट, उपचारका लागि अर्थाभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मेडिकल वार्डमा हुम्लाको अदानचुली गाउँपालिका–३ रोकायागाउँका १३ वर्षीय बालक अखिल दमाईले जीवन बचाइदिन आग्रह गरेका छन् ।

घाँटीमा समस्या आएपछि हुम्लाबाट तीन दिनको पैदल हिँडेर जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका कक्षा ६ मा अध्ययनरत बालक अहिले मृत्युको मुखमा पुगेका छन् । उपचारका लागि प्रतिष्ठानमा पुगेका बालक दमाईले रुँदै भने, “मलाई डर लागेको छ, म बाँच्न चाहन्छु, मेरो बुवा जागिरे हुनुहुन्न, घरको अर्थावस्था कमजोर छ, हामी गरिब छौँ, आर्थिक सङ्कटले थप उपचारका लागि बुवाले मलाई जुम्लाबाट अन्त ठाउँमा लैजान सक्नुभएको छैन, म बाँच्न चाहन्छु ।”

बालकलाई घाँटीको क्यान्सर भएपछि थप उपचारका लागि चितवन र काठमाडौँ सिफारिश गरिएको छ । एम्बुलेन्सको भाडासमेत आफूसँग नभएपछि उनका बुवा जाड दमाईले आर्थिक सहयोगको आग्रह गर्नुभएको छ ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीले रु सातदेखि आठ लाखसम्म जुटाउन सक्नुभयो भने छोरा बाँच्न सक्ने नत्र नसकिने जानकारी दिएपछि थप चिन्तित र एक्लो छोरा गुमाउँछु कि भन्ने चिन्ताले पिरोलीरहेको उहाँले बताउनुभयो । आफ्नो छोरालाई सहयोग गर्न चाहने मनकारी व्यक्तित्वले सहयोग गर्न चाहेमा बालकका बुवाको मोबाइल नम्बर ९८६४९०५५२६ मा सम्पर्क गरी आवश्यक सहयोग गर्न सकिन्छ।

सिधैँ बैंक खातामा सहयोग गर्न चाहनेले अखिलका बुवाको अदानचुली गाउँपालिकाको श्रीनगरमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर १२७१०४०६७८४१३०१ मा रकम जम्मा गर्न सकिन्छ । बालकको उपचारमा सहयोग पु¥याउनका लागि विभिन्न ठाउँबाट अहिलेसम्म रु २५ हजार रकम जुटेको छ ।

हुम्लामा लक्षणबिनाका सङ्क्रमित देखिए

हुम्लाका अधिकांश गाउँपालिकामा भेटिएका व्यक्तिमा कोरोनाका लक्षणबिनाका सङ्क्रमित देखिएका छन् । दोस्रो लहरको कोभिड–१९ देखिएयता अधिकांश सङ्क्रमित लक्षणबिनाका देखिएका हुन् । एन्टिजेन किटबाट कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भए पनि दश दिन आईसोलेशनमा बस्दा सङ्क्रमित लक्षणबिनाका देखिएका छन् ।

कोरोना परीक्षण गर्दा सङ्क्रमित पुष्टि भएका हुम्लाका अधिकांश व्यक्ति लक्षणबिनाका देखिएका जिल्ला अस्पतालबाट कोरोनाका बिरामीको उपचारमा संलग्न भएका डा टासी आङ्जु लामाले बताउनुभयो । हालसम्म कोरोना पुष्टि भएर आइसेलेशनमा बस्दै आएका सङ्क्रमित नौदेखि दश दिनमा घर फर्किने गरेका र आएसोलेशन बसाइँको अवधिमा उहाँहरुमा कुनै पनि कोरोनाको लक्षण नदेखिएको डा लामाले बताउनुभयो ।

हुम्लाका सातवटै गाउँपालिकामा एन्टिजेन किटबाट ९६२ लाई परीक्षण गर्दा १५९ मा पुष्टि भएको थियो । त्यसमा १२४ बिनालक्षणको कोरोना पुष्टि भएको उहाँले बताउनुभयो । कोरोना पुष्टि भएकामध्ये छ जनालाई अक्सिजनको आवश्यकता परेको र पन्ध्र जनालाई सामान्य रुघाखोकी, ज्वरो आउने समस्या देखिएको उहाँले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।