कोरोना प्रभावितका लागि प्रोत्साहन राहत बाँडदै योगदान रास्ट्रको लागि झापा टिम

रामप्रसाद ढुंगेल/युएई,जेठ २४ । नि:शुल्क प्राथमिक उपचारको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले स्थापित योगदान रास्ट्रको लागि फाउन्डेसनको झापा टिम कोरोना प्रभावितहरुको सुखदुःखको साथी बन्दै गएको छ ।

युएईका सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीले प्राथमिक उपचारको क्षेत्रमा नेपाली जनतालाई विदेशमा सिकेको सीप र क्षमता समर्पित गर्ने उदेश्यले स्थापना गरेको फाउन्डेसनको झापा टिमले आफ्नो जिल्लाका सबै कोरोना प्रभावितहरुलाई मनोबल बडाउन पौस्टिक खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रोत्साहन स्वरुप उपलब्ध गराएको अध्यक्ष माइनसप्लस संग्रौलाले जानकारी दिएका छन् ।

योगदान रास्ट्रको लागि जिल्ला समिति झापाले झापाका सबै स्थानीय निकायका कोभिड आइसोलेसनमा रहेका बिरामीहरुलाइ स्वास्थ्यबर्धक खानेकुरा र स्वास्थ्य सामग्रीहरु वितरण गरिरहेको छ ।

फाउन्डेसनको झापा टिमले जेठ २३ गते मेची प्रादेशिक अस्पतालमा रहेका ६५ जना बिरामीहरुलाई हर्लिक्स, च्यावनप्रास, सेनिटाइजर, साबुन र मास्क वितरण गरिएको जिल्ला समन्वय समितिका अध्यक्ष तथा मेची अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताएका छन् । अध्यक्ष पोर्तेलले फाउन्डेसनको यो सहयोग अभियानको खुलेर तारिफ गरेका थिए ।

त्यसैगरी दमक नगरपालिकाको आइसोलेसन सेन्टरमा रहेका करिब ४० जना कोरोना पीडित बिरामीलाई खाद्य सामग्री र स्वास्थ्य सामग्री वितरण गरिएको फाउन्डेसनका जिल्ला सचिव सुजु बुढाथोकीले जानकारी दिएकी छन् ।

यसैगरी भद्रपुर नगरपालिकाले संचालन गरेको कलबलगुडी आइसोलेसन सेन्टरमा रहेका बिरामीलाई नगर प्रमुख जीवनकुमार श्रेष्ठको उपस्थितिमा प्रोत्साहन राहत वितरण गरिएको थियो । नगर प्रमुख श्रेष्ठले फाउन्डेसनको यो सहयोग अनुकरणीय रहेको बताउदै धन हुनेको मन नहुने र मन हुनेको धन नहुने अहिलेको परिस्थितिमा धन र मन हुने दुबैलाई एक स्थानमा ल्याएर उदाहरणीय राहत प्याकेज वितरण गरेकोमा फाउन्डेसनलाई धन्यवाद प्रकट गरेका थिए ।

यसैगरी हल्दिबारी आइसोलेसन सेन्टरमा रहेका बिरामीहरुलाई वडा न २ का अध्यक्ष राजेन्द्र योङहाङमार्फत यसअघि नै हस्तान्तरण गरिएको फाउन्डेसनका प्रदेश संयोजक चेतना निरौलाले बताइन् ।

जिल्ला अध्यक्ष संग्रौलाको सभापतित्वमा मेची अस्पताल लगायत ३ पालिकामा भएको प्रोत्साहन प्याकेज वितरण गरिएको उक्त कार्यक्रममा जिल्ला समितिका सचिव बुढाथोकीले गरेकी थिइन् ।

कार्यक्रममा प्रदेश १ संयोजक निरौला, प्रवक्ता विजय उप्रेती, सहसचिव डिल्लीराम पोखरेल, सदस्य प्रकाश शर्मा, अभि प्रधान, अर्जुन बानियाँ लगायतका सामाजिक अभियान्ताहरुको उपस्तिथि थियो ।

फाउन्डेसनले योभन्दा अगाडि बिर्तामोड, दमक, नगरपालिका र कमल गाउँपालिकाको आइसोलेसन सेन्टरमा रहेका कोरोना पोजेटिभ सबै बिरामीलाई प्रोत्साहन स्वरुप स्वास्थ्य सामग्री वितरण गरिसकेको छ ।

सहयोग संकलन गरेर बाँकी पालिकाहरुमा पनि यसैगरी वितरण गरिने योजना रहेको अध्यक्ष संग्रौलाले बताएका छन् ।

सहयोगी हातहरुको दरिलो साथ

योगदान रास्ट्रको लागि एक सेवामूलक संस्था हो । यसले देश र देशवासीको स्वास्थको हितको लागि आन्तरिक श्रोत र सहयोगी व्याक्तित्वहरुको साथले मात्रै झापा लगायत देशका २२ वटा जिल्लामा यसैगरी स्वास्थ सहायता सामग्री वितरण गरिएको फाउन्डेसनका केन्द्रीय अध्यक्ष ओमप्रसाद उप्रेतीले बताएका छन् । अध्यक्ष उप्रेती स्वयंले झापा लगायत अन्य जिल्लाको लागि १ लाख रुपैयाँको सहयोग उपलब्ध गराएका छन् भने फाउन्डेसनका अन्य पदाधिकारीहरुले पनि यथासक्य आर्थिक सहयोग उपलब्ध गएर झापा लगायत अन्य सक्रिय जिल्लामा आर्थिक सहयोग उपलब्ध गराइएको फाउन्डेसन अध्यक्ष उप्रेतीले बताएका छन् ।

यसरी नै फाउन्डेसनको झापा टिममा आवद्ध धेरै पदाधिकारी र शुभेच्छुकहरुले पनि थोरैथोरै सहयोग जम्मा गरेर यो अभियान शुरु गरेको झापा सचिव बुढाथोकीले बताएकी छन् ।

यो अभियानमा विश्व भुटानी हिन्दु संगठन अमेरिका,
अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बा, हङकङ, वरिस्ठ उपाध्यक्ष दिपक खनाल, अस्ट्रेलियाले पनि उल्लेख सहयोग गरेको अध्यक्ष संग्रौलाले जानकारी दिएका छन् ।

यसैगरी सदिक्षा शाही, अमेरिका, समाज कल्याण परिषदका पुर्व उपाध्यक्ष निलमणी बरालले पनि आर्थिक सहयोग उपलब्ध गराएकाले मात्रै यो अभियान सफल भएको र यसैगरी सहयोग मिलेमा अन्य धेरै कोरोना प्रभावितहरुको सुखदुःखमा साथ दिन सकिने फाउन्डेसनका झापा अध्यक्ष संग्रौलाले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।