प्रहरी पोष्ट तोडफोडमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

सुनसरी, जेष्ठ २५ । सुनसरीको धरान उप-महानगरपालिका-१५ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा संग्लग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

जेष्ठ १३ गते अस्थायी प्रहरी पोष्ट बसपार्कको कार्यालय भवन तोडफोड गरी फरार रहेका मध्येका २४ बर्षीय बिक्रम राई, २७ बर्षीय सिजन राई र २६ बर्षीय कालु भनिने सरोज लिम्बु, जेष्ठ १८ गते धरानकै देउरालीबाट पक्राउ परेका हुन् भने ३० बर्षीय बसन्त राई र ३२ बर्षीय रेगन लिम्बु धनकुटाको छथरपोखरी-४ बाट जेष्ठ २४ गते पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।