खै’रोहि’रोइन ब्राउनसुगर सहित एक जना पक्राउ
सुनसरी,जेष्ठ २७ । सुनसरीको कोशी गाँउपालिका-८ भान्टाबारी स्थितबाट ला’गुऔ’षध खैरोहिरोईन ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका-८ भान्टाबारीका ४० बर्षीय शम्भु कबिरथ रहेका छन ।
उनलाइ बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले ४ ग्राम ला गु औषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
उनि उपर जिल्ला प्रहरी कार्यालय सनुसरीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।


