निषेधाज्ञामा सेवाग्राहीको भीड हुँदा सेवा निवृत्त कर्मचारीलाई पेन्सन लिन सकस

लमजुङ,कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञामा सेवाग्राहीको भीड हुँदा सेवा निवृत्त कर्मचारीलाई पेन्सन लिन सकस भएको छ । लमजुङ बेँसीशहरको राष्ट्रिय बाणिज्य बैंक शाखामा एकै चोटी ठूलो भीडभाडमा कोरोना सङ्क्रमणको जोखिम मोलेर पेन्सन लिनुपर्ने बाध्यता भएको छ।

सेवा निवृत्त शिक्षक लेखनाथ शर्माले भीडभाडले जोखिम उच्च रहेकाले डराई डराई पेन्सन लिन बस्नुपरिरहेको र हामीलाई जागिर खानुभन्दा पनि पेन्सन लिन बढी सकस भएको धारणा राख्नुभयो। पूर्व प्रहरी हवल्दार शन्तबहादुर गुरुङ भन्नुहुन्छ, “कोरोना सङ्क्रमणका बेला कम भीडभाड हुन्छ होला भनेर पेन्सन लिन आएको, यहाँ त ठूलो भीडभाड पो रैछ ।”

त्यस्तै, कमल लोहनी, रामबहादुर रावल लगायतले सरकारले व्यवस्थित रुपमा पेन्सन वितरणको व्यवस्था गरेको भए यस्तो समस्या भोग्नु नपर्ने धारणा राख्नुहुन्छ ।

राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रमुख सोमनाथ पौडेलले पहिला दुई वटा काउन्टर मात्र सञ्चालन गर्दै आएपनि अहिले ६ वटा काउन्टरबाट पेन्सन लिन आएकालाई सेवा प्रवाह गरिरहेको र यस्तो भीड आगामी आइतबारसम्म पनि हुन सक्नेछ भन्नुभयो ।

यहाँबाट पेन्सन लिने २ हजार २०० जना रहेको राष्ट्रिय बाणिज्य बैंकले जनाएको छ । बंैकका अनुसार निषेधाज्ञाका कारण हप्तामा आइतबार र बिहिबार मात्र बैंक खुल्दा यहाँका कर्मचारीलाई एक हप्ताको काम एक दिनमै गर्नुपर्ने बाध्यता भइरहेको छ ।

यहाँको भीड बैंकले व्यवस्थापन गर्न नसकेपछि प्रहरी समेत परिचालन गरिएको थियो । प्रमुख जिल्ल्ला अधिकारी होमप्रसाद लुइँटेलले पेन्सन लिन आएको तथा अन्य सेवाग्राहीका लागि सामाजिक दूरी कायम गर्न बैंकहरुलाई निर्देशन दिएको बताउनुभयो । तर सेवाग्राहीहरुको भीडभाड अलिअलि भने स्वभाविक हुने तर्क उहाँको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।