एक वृ,द्धको धारिलो ह,ति,यार प्रहार गरी ह,त्या ,
पाँचथर,जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धा,रिलो ह,तियार प्रहार गरी ह,त्या भएको छ ।
स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति ह,त्या भएको हो ।
इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ । घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र श्रीमती शारीरिकरूपमा अशक्त हुनुहुन्छ ।
सासूससुरा भेट्न मृ,त,ककी बुहारी आज बिहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो । अहिले प्रहरीले ह,त्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ ।
मृ,त,क वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुनुहुन्छ । गत बिहीवारमात्रै उहाँले निवृत्तिभरणको रकम बैंकबाट बुझेको हुनाले लुटपाटका लागि उहाँको हत्या भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले थप विवरण सार्वजनिक भएको छैन ।


