घाँसदेखि राँगोसम्म अनुदानमा

बागलुङ, २ असार । गलकोट नगरपालिकाले किसानलाई अनुदानमा घाँस र फलफूलका बिरुवा वितरण गरेको छ । विभिन्न प्रजातिका फलफूल, डाले र भुइँ घाँसका गरी झण्डै ४९ हजार बिरुवा बाँडिएको कृषि तथा पशु शाखाका प्रमुख हरिदत्त सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुदानमा बिरुवा पाउनेमा २०० जति व्यावसायिक कृषि तथा पशुपालन फार्म छन् । मागका आधारमा अन्य किसानलाई पनि बिरुवा उपलब्ध गराइएको छ । फलफूल र घाँसका बिरुवामा ४० प्रतिशत अनुदान दिइएको प्रमुख सुवेदीले बताउनुभयो । एघार हजार सुन्तला, सात हजार कागती, छ हजारको सङ्ख्यामा किम्बुलगायत र २५ हजार विभिन्न जातका भुइँ घाँसका बिरुवा वितरण गरिएको हो । गलकोटलाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित अनुदान कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । बिरुवादेखि कृषि औजार, उपकरणमा समेत नगरपालिकाले किसानलाई अनुदान दिँदै आएको छ ।

ताराखोला गाउँपालिकाले पनि ‘फलफूल दशक’ कार्यक्रमअन्तर्गत किसानलाई फलफूल खेतीमा अनुदान दिएको छ । छ सय किसानलाई फलफूल खेतीमा व्यावसायिक बनाउने उद्देश्य लिइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । उहाँका अनुसार फुलफूल खेतीका लागि सङ्घ सरकारबाट रु सात लाख, गाउँपालिकाको रु सात लाख र बाँकी किसानको लगानी परेको छ । किसानले विभिन्न ठाउँमा गरी यही वर्ष छ हजार ८०० ओखर, एक हजार ६०० किवी र ५०० बदामका बिरुवा लगाएका छन् ।

सात सय ५० हेक्टरमा ओखरखेती गरिएको अध्यक्ष घर्तीले जानकारी दिनुभयो । टर्कीबाट ल्याइएका दाँते ओखरका कलमी बिरुवा दुई हजार ८०० र नेपालमै खरिद गरिएको चार हजार बिजु बिरुवा किसानलाई वितरण गरिएको हो । टर्कीबाट ल्याउँदा रु ५५० मूल्य परेको ओखरको कलमी बिरुवा किसानलाई ५० प्रतिशत अनुदानमा दिइएको हो । यस्तै नेपालकै बिजु बिरुवा किसानले रु ७५ मा पाएका थिए । ओखरसँगै किवी र बदामका बिरुवा पनि किसानलाई अनुदानमा दिइएको हो

यता बागलुङ नगरपालिका–९ ले पशु नश्ल सुधार कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा मुर्रा राँगो वितरण गर्ने भएको छ । वडाध्यक्ष गणेशबहादुर थापा मगरले रु २५ हजारका दरले चार पशुपालक किसानले रु एक लाख अनुदान पाउने बताउनुभयो । त्यसका लागि आवश्यक कागजातसहित सात दिनभित्र वडामा निवेदन दिन मङ्गलबार सूचित गरिएको छ । राँगो पाल्दै आएका किसानलाई अनुदानमा प्राथमिकता दिइने वडाध्यक्ष थापा मगरको भनाइ छ । बागलुङ नगरपालिकाले नश्ल सुधार र प्रजननका लागि राँगो र बोकापालनका लागि बर्सेनि अनुदान दिँदै आएको छ ।

यहाँका अन्य स्थानीय तहले पनि कृषिमा अनुदान र प्रवद्र्धनात्मक कार्यक्रमलाई बढी जोड दिएका छन् । कृषि र पशुपालनका माध्यमबाट आत्मनिर्भर बन्ने बाटोमा उनीहरु लागिपरेका छन् । उत्पादनमा आधारित अनुदान प्रणाली अपनाउन थालेपछि पछिल्लो समय राज्यले कृषिमा गरेको लगानी खेर जानबाट जोगिन थालेको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।