द बर्गर हाउसद्वारा मेलम्चीमा गएको पहिरोले घरबारविहीन परिवारलाई राहत प्रदान

सिन्धुपाल्चोक । द बर्गर हाउसद्वारा मेलम्चीमा गएको पहिरोले घरबारविहीन परिवारलाई राहत प्रदान गरेको छ । बाढीले क्षतिग्रस्त क्षेत्रमा पुगी बिहीबार करिब ११ लाखभन्दा बढीको राहत सामग्री वितरण गरेका हुन् ।

मङगलबार आएको पहिरोले यहाँका बजार डुबेको छ भने उद्धार गर्ने कार्य जारी छ । बाढी बजारमा पसेर बिताण्ड मच्चाएपछि बर्गर हाउस राहत संकलनमा अघि सार्दै पीडितको घाउमा मल्हम लगाउन पुगेका हुन ।

हाउसका संस्थापक वसन्त लामले भने,‘यो पीडा थाहा पाउने बित्तिकै राहतका लागि हामी तयार भयौँ, अहिले उनीहरूलाई अभाव रहेको रासनपानी व्यवस्था गरेका छौँ । बाढी पहिरोबाट सो क्षेत्रका प्रभावित भएको समाचार आउने बित्तिकै आफूले फेसबुक पेजबाट यो अभियान चलाएको संस्थापक लामाले जानकारी दिए ।

लामाको नेतृत्वमा सङ्कलित रकमबाट ३०० बोरा चामल, ७० वटा ग्यास, २०० किलोग्राम नुन, २०० लिटर खाने तेल लगायत विभिन्न खाद्यान्न सामाग्री तथा मास्क, स्यानिटाइजर, फेस सिल्ड,पन्जा जस्ता स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

उनका अनुसार हाम्रो यो अभियानलाई देशबिदेशबाट सहयोग पाएको छु । मेलम्ची नगरपालिकाका उपमेयर भगवती नेपालले राहत वितरण एकद्वार प्रणालीमा हुने बताइन् ।

उनले भनिन्‚ ‘आजसम्म आएका राहत सङ्कलन गरिरहेको बताउँदै मेलम्ची‚ इन्द्रावती र हेलम्बुमा डुबानमा परेका पीडितहरुलाई समेत पुर्‍याउन हामी लागि परेको छ ।’ यो पीडामा मल्हम लगाउने आउने बर्गर हाउस लगायतलाई नगरपालिकाकाले हार्दिक धन्यवाद दिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।