मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

गण्डकी, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा आज विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री नेपालीले आफूलाई विश्वासको मत दिइयोस् भनेर सभासमक्ष राख्नुभएको प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले सभामा घोषणा गर्नुभएको थियो । आजको बैठकमा ५८ सदस्य उपस्थित हुनुहुन्थ्यो ।

मुख्यमन्त्रीलाई उहाँको दल नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा दुई÷दुई प्रदेशसभा सदस्य तथा स्वतन्त्र सदस्य राजीव गुरुङले समर्थन गर्नुभएको थियो । प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)का २७ प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मतदान गर्नुभएको थियो ।

गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेपालीले एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज मत लिनुभएको हो । मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन असफल भएको खण्डमा संविधानको धारा १६८ को उपधारा ७ बमोजिम प्रदेशसभा विघटन भई मध्यावधि निर्वाचनको घोषणा हुने व्यवस्था छ ।

सदनबाट विश्वासको मत प्राप्त गरेपछि सरकारमा सहयात्री राजनीतिक दलसँगको छलफलबाट उहाँले छिट्टै मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन गर्नुहुने मुख्यमन्त्री स्रोतले जनाएको छ । मुख्यमन्त्रीमा शपथ लिँदा उहाँले कांग्रेस, माओवादी, जसपा र स्वतन्त्र गरी चार मन्त्री नियुक्त गर्नुभए पनि उहाँहरुको कार्यविभाजन बाँकी रहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।