मेलम्चीका बाढी पी’डितलाई विश्व हिन्दू परिषद नेपालको सहयोग
काठमाडौ । समग्र देश कोरोना महामारी प्रकोपसँग जुधिरहेकै अवस्थामा मेलम्चीबासी प्राकृतिक प्रकोपका कारण थप संकटमा परेको छ । पानीका कारण सधैं चर्चामा आइरहने मेलम्ची यसपालि पानीकै कारण अकल्पनीय त्रासदीमा परेको छ ।
मेलम्ची नदीमा मिति २०७८ असार १ गते (१५ जून २०२१), मंगलबार राति आएको बाढी बस्तीमा पस्दा दर्जनौ परिवार बेघर भएको छ । बाढीले ठुलो जनधनको क्षती भएको छ । यस प्राकृति आपताका कारण समस्यामा परेका मेलम्चीबासीको सहायताका लागि विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौ, समर्पणले संयुक्तरूपमा राहत एवं उद्यार कार्य शुरु गरेको छ ।
विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौ समर्पणका संयुक्त राहत टोलीले शनिबार मेलम्चीका बाढिपीडितलाई सहयोग एवं राहत वितरण गरेको हो ।
आगामी चरणहरुमा थप सहयोग सामग्री उपलब्ध गराउन प्रयास गरिने विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय संगठन सचिव प्रल्हाद कुमारले बताउनु भयो ।


