छथर जोरपाटीको सबै ब्यक्तिगत घटना अनलाईनबाट,पालिकाको सबैकाम अनलाईनबाट गर्ने तयारी हुंदै
नारायण कुमार राई/१६ असार,धनकुटा । छथर जोरपाटी गाउँपालिका धनकुटाले ब्यक्तिगत घटना दर्ता अनलाईन ‘ईन्टरेनट’बाट शुरु गरेको छ ।
राष्ट्रिय परिचय–पत्र तथा पन्जीकरण बिभिग सेवा ईकाइ छथर जोरपाटी संगको समन्वयमा बैसाख १ गतेबाट उक्त सेवा शुरु गरिएको हो ।
पालिकाका ६ वटै वडाबाट जन्म,मृत्यु,बिवाह,सम्बन्ध बिच्छेद,बसाईसराईका घटनाहरु अनलाईन पद्दतीमा सुचारु रहेको सेवा ईकाइका फिल्ड सहायक रबिन्द्र रनपएलीले जानकारी दिनुभयो ।
अनलाईन पद्दतीमा ब्यक्तिगत घटना दर्ता भएपछि ढड्डा(कागजी किताब) मा जस्तो श्रेस्ता हराउने तथा च्यातिने समस्याको अन्त्य भएको पालिकाका सूचना अधिकृत नेत्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
अनलाईन पद्दतीमा घटना दर्ता भएपछि दर्ता नं.बाट त्यसको बिवरण बिश्वको जुनैपनि ठाउँबाट हेर्न सकिने श्रेष्ठले जानकारी दिनुभयो ।
निकट भबिष्यमा पालिकाको सबैकाम अनलाईनबाट सन्चालन गर्न ६० प्रतिशत भन्दा बढी काम भईसकेको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।


