ला’गुऔ’षध ब्रा’उन सुगर सहित २ जना पक्राउ
झापा, असार १७ । झापा कमल गाँउपालिका ३ पुर्व-पश्चिम मुख्यराजमार्गको केर्खा बजार स्थितबाट ला गु औ षध ब्रा उन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा झापा मेचीनगर १५ का २० बर्षीय सुवास मेचे र सोही नगरपालिका १० का २५ बर्षीय सुरज लामिछाने रहेका छन् ।
हिजो बेलुका साढे ३ बजे टेम्पु चढी आउदै गरेको अबस्थामा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र ला गु औषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर ८८ ग्राम सहित उनिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनिहरु उपर थप अनुसन्धान भई रहेको छ ।


