वडाध्यक्षको इटा प्रहारबाट स्थानीय घा’इते

झापा । झापाको मेचीनगर नगरपालिका १३ का वडाध्यक्ष कृष्णराज सिग्देलको आ’क्रमणमा परी एक स्थानीय ग’म्भीर घा’इते भएका छन् ।

सडकमा ढल बनाउने विषयमा विवाद हुँदा सिग्देलले स्थानीय अर्जुन थेवेको टाउकोमा इ’टा प्र’हार गरेका थिए ।

थेवेको चारआलीस्थित मनकामना अस्पतालमा प्राथमिक उपचार पश्चात बिएण्डसी हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घा’इते थेवेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

उनको टाउकोमा ६ टाँ’का लगाइएको छ । शुक्रबार अपरान्ह चारआलीस्थित थेवेको घर अगाडि सडकमा ढल निर्माण गर्ने बिषयमा उनीहरु बीच विवाद भएको थियोे । दुईजना बीच धकेलाधकेल भएपछि वडाध्यक्ष सिग्देलले थेवेको टाउकोमा इ’टा प्र’हार गरेको प्रत्यक्षदर्शीले बताए ।

आज घटनाको बिषयमा छलफल गर्ने गरि वडाध्यक्ष सिग्देललाई मेचीनगरका प्रमुख बिमल आचार्य र उपप्रमुख मिना उप्रेतीको रोहबरमा चार आली चौकीबाट लगिएको बताइएको छ ।

हालसम्म पीडितको तर्फबाट कुनै किटानी जाहेरी नदिइएको प्रहरीले जनाएको छ । घा’इते थेबे नेपाली कांग्रेसको मेचीनगर नगर कमिटीका सचिब हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।