घर भ’त्किदा एकको मृ’त्यु, दुई जना घा’ईते
खोटाङ, असार १९ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका ८ नमुनाभञ्ज्याङ बस्ने मन कुमार सार्कीको खाली रहेको पुरानो घर भत्किदा घर भित्र खेलिरहेका ३ जना बालकहरु मध्ये १ जना बालकको मृ त्यु भएको छ भने २ जना बालक घा ईते भएका छन् ।
हिजो दिउसो ११ बजे अबिरल बर्षाको कारण सो घर भत्किदा सोही स्थानका १४ बर्षीय राज कुमार सार्कीको घरले पुरेर मृ त्यु भएको छ भने सोही स्थानका १० बर्षीय मिलन सार्की र १० बर्षीय लुने सार्की सामान्य घा ईते भएका छन् । घाईतेहरुको सामान्य उपचार पश्चात घर फिर्ता भईसकेका छन् ।
घटना स्थलमा प्रहरी चौकी धितुङ र ईलाका प्रहरी कार्यालय हेलसीबाट प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको छ ।


