प्र’तिबन्धित औषधी सहित एक जना पक्राउ
सुनसरी, असार २० । सुनसरी धरान ११ नगरकोट कोठा भाडामा बस्ने २० बर्षीय सत्यम दासलाई प्र’तिबन्धित औषधी सहित पक्राउ गरिएको छ ।
हिजो दिउसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दासको कोठामा लुकाइछिपाइ राखेको प्र तिबन्धित औषधी CETADOL-50 ३९० क्याप्सुल र SPASPAIN ३९० क्याप्सुल फेला पारेको थियो ।
दासको सप्तरी अग्नीसर कृष्णसरवन ४ घर भई हाल धरान कोठा भाडामा बस्दै आएका थिए । पक्राउ परेका दासको थप अनुसन्धान भईरहेको छ ।


