धनकुटा हिलेका २ महिला सहित ३ जना ब्रा’उन सु’गर संग पक्राउ
मोरङ, असार २५ । मोरङको बेलवारी नगरपालिका १ गाँईघाट टोल स्थितबाट ला’गु औ’षध ब्रा उन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् ।
हिजो बेलुका साढे ५ बजे ला गु औ षध ब्रा उन सुगरको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङ सहित ३ जनालाई ला गु औ षोध ब्रा उन सुगर सेवन गरिरहेको अबस्थामा पक्राउ गरेको थियो ।
प्रहरीले तामाङको घरमा खानतालासी गर्दा धानको भकारी भित्र लुकाई राखेको ला गु औ षध ब्रा उन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।


