ला’गुऔ’षध ब्रा’उनसु’गर सहित ४ जना पक्राउ
सुनसरी, असार २७ । सुनसरीको ईटहरी उप-महानगरपालिका-६ बाट नियन्त्रित ला’गुऔ’षध ब्रा’उनसगुर सहित ४ जना पक्राउ परेका छन् ।
उक्त स्थानमा रहेको एक होटलमा ला’गुऔ’षधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ब्रा उनसुगर सहित शनिवार राती पौने १२ बजे ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बारा जिल्ला निजगढ नगरपालिका-१२ घर भई ईटहरी उप-महानगरपालिका-५ बस्दै आएका २७ बर्षीय दिपक भन्ने बिरेन्द्र राई, ईटहरी-५ का १६ बर्षीय १ बालक र ईटहरी-४ का १८ बर्षीय जोन चौलागाई रहेका छन् ।
निजहरुको साथबाट प्रहरीले ५६ ग्राम २०० मिलिग्राम ला गु औ षध ब्रा उन सगुर, तौल नाप्ने डिजिटल उपकरण १ थान, बिभिन्न कम्पनीको मोबाईल ३ थान, मोटरसाईकल १ थान र नगद रु. २०००।- समेत बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई सोधपुछ गर्ने क्रममा ईटहरी ४ का २३ बर्षीय बिबेक खड्काको समेत संग्लग्नता रहेको खुल्न आए संगै खड्कालाई समेत २९ ग्राम ८०० मिलिग्राम ब्रा उन सु गर र १ थान मोवायल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।


