भद्रपुर नगरपालिका-३ बाट ला’गुऔ’षध ब्रा’उनसु’गर सहित १ जना पक्राउ

झापा, श्रावण ०१ । झापाको भद्रपुर नगरपालिका-३ बाट नियन्त्रीत ला गुऔ षध ब्रा उनसु गर सहित १ जना पक्राउ परेका छन् ।

सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका-३ का २२ बर्षीय चन्दन रजकलाई १२ ग्राम ४५० मिलिग्राम ला गुऔ षध ब्रा उनसु गर सहित बिहिवार अपरान्ह साँढे ४ बजे देउनिया पुल छेउबाट पक्राउ गरेको हो ।

पक्राउ परेका रजकको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

माधव नेपालले यी नेतालाई भने म ब्याक हुन्नँ तपाईँहरु जे गर्नुहोस्

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षबाट ब्याक नहुने स्पष्ट पारेका छन् । उनले आफू अगाडि बढिसकेकाले कुनै हालतमा ब्याक नहुने भन्दै पक्षका नेताहरुलाई पनि खुट्टा नकमाउन भनेका छन् ।

विश्वस्त स्रोतका अनुसार नेता नेपालले एमाले उपाध्यक्ष भीम रावल, सचिव गोकर्ण बिष्ट, योगेश भट्टराईका अलावा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ब्याक नहुने बताएका हुन् । तपाईंहरु आफ्नो निर्णय लिनुहोस्, म चाहिं ब्याक हुन्नँ, स्रोतले उनको भनाई उदृत गर्दै भन्यो ।

रावल र पाण्डेले अझै पनि एमाले एकताका लागि पहल गर्ने विषयबारे छलफल गर्न खोजेपछि नेपालले कडा जवाफ दिएका हुन् । नेता नेपालले ओलीसँग सहकार्य गर्ने ढोका बन्द भइसकेको समेत बताएका थिए ।

पछिल्लो समय माधव नेपाल समूहमा देउवालाई समर्थन गर्ने या नगर्ने विषयमा विवाद बढेको छ । नेपाल ब्याक नहुने पक्षमा छन् । रावल, पाण्डे र बिष्ट भने सहमतिका लागि अझै प्रयास गर्नुपर्ने पक्षमा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।