माछा मा’र्न गएका किशोर तालमा डुबेर बे’पत्ता

सर्लाही, साउन ३ । सर्लाहीको बागमती नगरपालिका–१२ मा अवस्थित भरत तालमा डुबेर एक किशोर बेपत्ता भएका छन्। शनिबार दिउँसोदेखि बेपत्ता किशोर आजसम्म पनि फेला नपरेका प्रहरीले जनाएको छ।

दुई साथीसँगै तालमा माछा मार्न गएका बागमती का १८ वर्षीय सुशान्त थापा तालमा डुबेर बेपत्ता भएका हुन्। शनिबार बिहानैदेखि उनको खोजी सुरु गरिए पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।

बागमती नगरपालिकाले १२१ बिघा क्षेत्रफलमा निर्माण गरेको तालको गहिराइ ३० फिट छ। अहिले तालको सौन्दर्यकरणको काम भइरहेको छ। निकै ठूलो र आकर्षक देखिने तालमा अहिले घुमफिरसँगै माछा मार्न जानेहरु पनि बढेका छन्।

बेपत्ता किशोरको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर खोजि गरिरहेका प्रहरीले जनाएको छ। तालमा संचालित बोट र नेपाली सेनाको अर्को एउटा बेग्लै बोटको सहायताले तथा पौडी खेलेर खोज्दा पनि युवकको अवस्था थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अवधेश कुमार यादवले जानकारी दिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।