ट्रकको ठ’क्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृ त्यु

दमक, १३ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उहाँकी ३६ वर्षीया श्रीमती भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृ तक दम्पती सुुरुङ्गास्थित होटल हेवनका सञ्चालक रहेको बुझिएको छ ।

प्रहरीका अनुसार राति १० बजेतिर पूर्वतर्फ आउँदै गरेको प्र२–०३–०१३प ४७८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ८७३० नम्बरको ट्रक एकापसमा जु धेको थियो । ठ क्करबाट घा इते दम्पतीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पतालमा लैजाने क्रममा बाटोमै मृ त्यु भएको थियो । दु र्घटनामा संलग्न ट्रक र ट्रकका चालक मोरङ जिल्ला विराटनगर बस्ने सुजन थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।(रासस)

सङ्घीय र प्रदेश सांसद विकास कोषको योजना अनुगमन

भक्तपुर, १३ साउन (रासस) : जिल्ला समन्वय समिति भक्तपुरले भक्तपुर नगरपालिकाभित्र भएका विभिन्न विकास आयोजनाको स्थलगत अनुगमन गरेको छ । जिसस प्रमुख नवराज गेलालको नेतृत्वमा उपप्रमुख सरिता कुँवर, जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेसहितको टोलीले मङ्गलबार नगरपालिकाभित्र सङ्घीय तथा वाग्मती प्रदेश सरकारको बजेटबाट भएको भौतिक पूर्वाधार निर्माणको स्थलगत अनुगमन गरेको हो ।

सङ्घीय सांसद प्रेम सुवाल र वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँमार्फत आएको केन्द्र र प्रदेश सरकारको बजेटबाट आव २०७७÷७८ मा भएका नौवटा योजनाको टोलीले अनुगमन गरेको हो । विसं २०७२ को महाभूकम्पले भत्किएको भनपा–२ स्थित शारदा माध्यमिक विद्यालयको सङ्घको रु २५ लाख र प्रदेशको रु ४० लाखको लागतमा भइरहेको भवन निर्माणको टोलीले अनुगमन गरेको छ ।

त्यसैगरी टोलीले सङ्घीय सरकारकै रु २५ लाखको बजेटमा निर्माणको अन्तिम चरणमा पुगेको १०० वर्ष पुरानो लन्चा फल्चा (बाटो छेउको पाटी) को अनुगमन गरेको छ । भदौसम्ममा निर्माण सम्पन्न हुने पाटी ३० वर्ष अगाडि भत्किएर जीर्ण भएपछि यो ठाउँको नाम नै भत्केको पाटी रहन गएको उपभोक्ता समितिका अध्यक्ष कृष्णनारायण पुमरीले जानकारी दिनुभयो । टोलीले वाग्मती प्रदेशको रु १० लाखको लागतमा निर्माण सम्पन्न भनपा–१ स्थित गणेश माविको हल, नःपली पुलबाट नःपली चोकसम्मको ग्याबियन पर्खाल र सडक कालोपत्रको अनुगमन गरेको छ । साथै टोलीले प्रदेशकै रु ४० लाखको बजेटमा भनपा–२ शहीद स्मृति बाल उद्यानको निर्माण अन्तिम चरणमा पुगेको र रु ३० लाखको लागतमा वडा नं ४ स्थित राममन्दिर काउण्टरबाट मूदीप पछाडिसम्मको सडक ट्र्याक निर्माणको अनुगमन गरेको छ ।

टोलीले प्रदेशको रु ५० लाखको बजेटमा निर्माण सम्पन्न भएको भनपा–८ स्थित लिवाली आवास क्षेत्रको सडकपेटीको स्तरोन्नति र रु २० लाखको बजेटमा लिवाली बालविकास स्कूल परिसरको उत्तरतर्फको खुला क्षेत्रमा ढुङ्गा छपाइ र उद्यान निर्माणको अनुगमन गरेको छ । जिसस सदस्य उमेश श्रेष्ठ, शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, बाबुकाजी श्रेष्ठ, श्रीराम ब्याञ्जु, गीता बिसुंखे, भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवाल, योजना इञ्जीनियर श्रीकृष्ण न्याइच्याइसहितको टोलीले स्थलगत अनुगमन गरेको हो ।

जिसस प्रमुख गेलालले अनुगमनका क्रममा प्रभावकारी रूपमा काम भएको पाइएको बताउँदै अनुगमनमा गुणस्तरीय काम भए÷नभएको, कुन–कुन योजना सम्पन्न भए, कुन–कुन योजना सम्पन्न बाँकी छन्, सबै योजना कहिलेसम्म सकिन्छ त्यसको जानकारी लिएको बताउनुभयो । जिसस समन्वय अधिकारी लामिछानेले अनुगमनका क्रममा काम प्रभावकारी भए पनि कार्यस्थलमा योजनाको विवरणसहितको बोर्ड नराखिएको बताउनुभयो । उहाँले उपभोक्ता समितिका अध्यक्षहरुलाई तत्काल सबै योजनामा बजेट, मितिसहित वितरण भएको बोर्ड राख्न आग्रह गर्नुभयो ।

भनपाका प्रशासकीय अधिकृत सुवालले सबै योजना ठेक्का नलगाई उपभोक्ता समितिमार्फत गराएकाले समितिमार्फत काम गर्दा थोरै बजेटमा धेरै काम भएको बताउनुभयो । प्रदेशसभा सदस्य गोसाईँमार्फत आएको थप बजेटमध्ये रु १० लाखको लागतमा भनपा–८ स्थित भीम आदर्श आधारभूत विद्यालयको प्लाष्टर र भ¥याङ छोप्ने कार्य, रु १२ लाख ३० हजारको लागतमा समाज सुधार माविको शौचालय निर्माण तथा प्लाष्टर गर्ने कार्य, रु १० लाखको लागतमा भनपा–७ स्थित चण्डेश्वरी आधारभूत विद्यालयको पर्खाल निर्माण, रु १० लाखकै लागतमा समाजसेवा इन्स्टिच्युटमा झ्यालखापा र प्लाष्टर गर्ने कार्य भइरहेको छ ।

त्यस्तै रु २० लाखको बजेटमा भनपा–६ स्थित प्रभात माविको पर्खाल, ढल निकास र शौचालय निर्माण, रु २० लाखको बजेटमा वडा नं २ स्थित वासु माविको पर्खाल निर्माणकार्य भइरहेको भनपा प्रशासकीय अधिकृत सुवालले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।