कालीगण्डकीको अवैध दोहन गरी बालुवा चोरी

म्याग्दी, १३ साउन । म्याग्दीको बेनी नगरपालिका–१ मा कालीगण्डकी नदीको अवैध दोहन र बालुवा चोरी भएको छ । आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन भएको हो । सर्वोच्च अदालतले हालै गरेको फैसला र सरकारको निर्णयविपरीत अवैधरूपमा कालीगण्डकीबाट बालुवा उत्खनन भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो ।

प्रजिअ अधिकारीको नेतृत्वमा प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, सशस्त्र प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ र राष्ट्रिय अनुसन्धानका प्रमुख अधिकृत महेश गुरुङको टोलीले मङ्गलबार उत्खनन भइरहेको बगरको अनुगमन गरेको थियो । अवैध नदी दोहनले नगरपालिकाको लाखौँ आयस्रोत गुमेको छ । तटीय क्षेत्रमा कटानको जोखिम बढेको छ ।

सरकारले असारदेखि भदौसम्म नदी उत्खनन गर्न रोक लगाएको छ । हालै सर्वोच्च अदालतले कालीगण्डकीमा डोजर प्रयोग गरेर उत्खनन गर्न नपाउने फैसला गरेको छ । “ठेक्का सम्झौताबिनै डोजर लगाई खोलामा स्पर बनाएर बालुवा उत्खनन गरेको भेटियो”, प्रजिअ अधिकारीले भन्नुभयो, “कारवाहीका लागि सिफारिस गर्छौँ ।”

प्रहरी नायब उपरीक्षक राईले बगरबाट बालुवा उत्खननमा प्रयोग भएका चारवटा एक्साभेटरका धनी र उत्खननमा संलग्नलाई प्रहरी कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको बताउनुभयो । “एक्साभेटर र थुपारेको बालुवा जफत गरेर कारवाहीका लागि जिल्ला समन्वय समितिमार्फत नगरपालिकामा पठाउँछौँ”, उहाँले भन्नुभयो ।

ढोडेनीखोला र कालीगण्डकीको दोभानस्थित म्याग्दीको भूगोलमा पर्ने ढोडेनीखोला भन्ने ठाउँमा बागलुङतर्फबाट डोजर ल्याएर करिब १०० टिपर बालुवा निकालिएको छ । ढाडेनीखोलाभन्दा करिब ८०० मिटरमाथि सारेमारेको झोलुङ नजिकै पनि करिब १० दिनदेखि डोजर प्रयोग गरेर बालुवा निकालिरहेका छन् । त्यहाँ करिब ३० टिपर बालुवा थुपारिएको छ । दिउँसो नजिकैको जङ्गलभित्र लुकाएर राख्ने डोजर बिहान र साँझमा बगरमा लगेर बालुवा निकाल्ने गरेका स्थानीयवासीले बताएका छन् । आनन्दबगरमा दुईवटा डोजर प्रयोग गरेर २०० टिपरभन्दा बढी बालुवा निकालेर थुपारेका छन् ।

ठेक्का प्रतिस्पर्धा र नगरपालिकाले तोकेको ठाउँभन्दा अन्यत्र मेसिन प्रयोग गरेर बगर उत्खनन गर्न नपाउने कानूनी व्यवस्था छ । आनन्दबगरका हर्कबहादुर क्षेत्रीले सडक र खेलमैदान निर्माण गर्न व्यक्तिगत जग्गाभित्र पर्ने बगरमा कालीगण्डकीले बगाएर ल्याएको बालुवा निकालेको बताउनुभयो । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले असार १ गतेदेखि नै बगर उत्खनन गर्न रोकिएको बताउनुभयो । प्रहरीले नियन्त्रणमा लिएर बुझाएमा कारवाही प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो ।

ढाडेनीखोलामा कालीगण्डकीले सयाँै रोपनी खेतीयोग्य जमिन कटान गरेको छ । कालीगण्डकीमा भएको अनियन्त्रित र अव्यवस्थित नदी दोहनका कारण सारेमारे र ढोडेनीको बीचमा रहेको जङ्गल पहिरो चलेर सखाप भएको छ । ढोडेनीखोलामा एक्साभेटर प्रयोग गरेर गरिएको उत्खननले कालीगण्डकीपारि पर्वतको जलजला गाउँपालिकाको फर्सेमा कटानको जोखिम बढाएको नाग्लीबाङका वडाध्यक्ष हरिविकास जिसीले बताउनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।