धनकुटाका लिम्बु प्र’तिबन्धित औ’षधी सहित धरानबाट पक्राउ

सुनसरी, श्रावण १३ । सुनसरीको धरान ८ तिनकुने स्थितबाट अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले प्र तिबन्धित औ षधी सहित एक जना पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनकुटा सागुरगढी नगरपालिका -९ बस्ने २१ बर्षीय सुजन लिम्बु रहेका छन् ।

हिजो राती १० बजे कोशी राजमार्गमा ईटहरीबाट धरान तर्फ कालो झोला बोकी पदैल आउदै गरेको उनको साथबाट प्र तिबन्धित औ षधी Tramadol – ६६० ट्रयाबलेट र spaspain – ७७० ट्याव्लेट फेला पारी ईलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भईरहेको छ ।

यो पनि …

लहान, सिरहामा आर्थिक वर्ष २०७७÷७८ मा एक हजार ९१३ नयाँ उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका एक हजार ९१३ मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार १२२, सेवा उद्योगतर्फ ६०५ र उत्पादन उद्योगतर्फ १८६ रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ।

कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग एक हजार १८, पशुपालनका ५४ तथा कुखुरा पालनका १७ नयाँ उद्योग दर्ता भएका छन् । सेवा उद्योगतर्फ कुटानी पिसानीका ११५, होटेल ११०, निर्माणका ९४, मोटरसाइकल मर्मतका ४५ र ढुवानीका ३५ उद्योग दत्र्ता भएका छन् । यो सङ्ख्या गत आव २०७६÷७७ को भन्दा बढी हो ।

आव ०७६÷७७ मा सेवा उद्योगतर्फ ५३०, कृषि तथा वन्यजन्यतर्फ ४९० र उत्पादन उद्योगतर्फ १२७ गरी एक हजार १४७ नयाँ उद्योग दर्ता भएका थिए ।

योसँगै सिरहामा उत्पादन उद्योग एक हजार ६१२, कृषि तथा वनजन्य उद्योग दुई हजार ७७० र सेवा उद्योग चार हजार २३८ गरी घरेलु तथा साना उद्योगको सङ्ख्या आठ हजार ४७० पुगेको कार्यालयका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिनुभयो । नयाँ उद्योग दर्ताबाट रु एक करोड ८६ लाख ६६ हजार ३०० राजश्व सङ्कलन भएको जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहज रुपले ऋण लगानी गर्न थालेकाले कृषि तथा वनजन्य उद्योग खुल्ने क्रम बढ्ेसँगै उद्योग दर्ता गराउनेको सङ्ख्या वृद्धि भएको प्रमुख यादवको भनाइ छ । यस्तै आव २०७७÷७८ मा उद्योगतर्फ ६४ र वाणिज्यतर्फ १५५ घरेलु तथा साना उद्योगको लगत कट्टा गरिएको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।