अत्याधुनिक ह’तियार देखाई लु’ट्न खोज्ने पक्राउ

मोरङ, श्रावण १४ । मोरङ सुन्दरहरैचा नगरपालिका १० त्रिबेणी चोक स्थितमा रहेको शिव पंञ्चायन ज्वेलर्समा लुटपाट गर्न खोज्ने ह तियार धारी समुहलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा संखुवासभा बारबिसे ६ घर हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३० बर्षीय चिरञ्जिवि राई, संखुवासभा सभापोखरी ४ घर भई हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३९ बर्षीय चन्द्र बहादुर राई, मोरङ सुन्दरहरैचा ५ बस्ने २२ बर्षीय मिशन राई, भोजपुर पौवादुम्मा गापा ३ घर भई हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३० बर्षीय नगेन्द्र राई र मोरङ सुन्दरहरैचा ७ बस्ने ३१ बर्षीय संतोष राई रहेका छन् ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र १ नम्बर प्रदेश प्रहरी कार्यालय RIT बाट खटिएको प्रहरी टोलीले श्रावण १३ गते बिहान सुनसरी र मोरङको बिभिन्न स्थानबाट पक्राउ गरेको हो । गत श्रावण १ गते दिउसो साढे १ बजे SMG र पेस्तोल सहित आएका उनिहरुले ह तियार देखाई ज्वेलर्समा लु टपाटको असफल प्रयास गरेका थिए ।

घटनाको जानकारी पाए लगतै प्रहरीले गहन अनुसन्धान थालेको थियो । पक्राउ परेका उनिहरुको साथबाट SMG थान-१, ऐ. को म्याग्जिन थान-१, ऐ. को राउण्ड -६४, कटुवा पेस्टोल थान-१, अटोमेटिक पेस्तोल थान-१, ऐ.को म्याग्जिन थान-१, ३०३ राईफलको राउण्ड थान- ४ र BMR लेखेको हेण्ड सेट थान-२ बरामद गरेको छ । त्यस्तै उनिहरुले प्रयोग गरेका सवारी साधनहरु को २ ह २७३६ अटो टेम्पु, प्रदेश १-०२-०४४ प ५९९५, को २० प १८६, को ८ प ६५८३, को २१ प ६७०३ मोटरसाईकल नियन्त्रणमा लिईएको छ ।

पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट हातहतियार खरखजना तथा संगठित अपराध अन्तर्गत कानुनी प्रकृया अगाडी बढाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖