भद्रपुरबाट २१ ग्राम ब्रा’उन सु’गरसहित भारतीय नागरिक पक्राउ

बनियानी, २४ साउन । झापाको भद्रपुरबाट प्रहरीले ला गुऔ षध ब्रा उनसु गरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भद्रपुर–३ स्थित किच्चकबधबाट भारत पश्चिम बङ्गाल तोतापाडाका २८ वर्षीय श्रवण रायलाई शनिबार २१ दशमलव २६० ग्राम ब्रा उनसु गरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

भारतबाट नेपालतर्फ शङ्कास्पद अवस्थामा आउँदै गरेका रायलाई जिल्ला प्रहरी कार्यालय झापा र सीमा प्रहरी चौकी पृथ्वीनगरको संयुक्त प्रहरी टोलीले जाँच गर्दा उनको साथबाट ब्रा उनसु गर बरामद भएको उहाँले बताउनुभयो ।

यसैबीच भद्रपुर–३ स्थित हातिमाराबाट प्रहरीले सोही वडाका २४ वर्षीय खेमराज कुँवरलाई शनिबार ला गुऔ षधसहित पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट स्कुफ–३ बोतल र निट्रोसन ट्याबलेट एक पत्ता (१० पिस) बरामद गरेको प्रनाउ थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको र जिल्ला अदालत झापाबाट आज म्याद थपको अनुमति लिएर थप कानूनी प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।