गजलमा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ
मोरंग । गत साउन २२ गते अन्दाजी २०:३० बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-१२ स्थितमा रहेको संगम गित गजलमा जुवा (तास) खेली रहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद रू. २,३१,२४०।- (दुई लाख एकतिस हजार दुईसय चालिस) सहित १) जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ११ बस्ने बर्ष १८ को विरेन सहनी,सोही जिल्ला १२ बस्ने बर्ष २६ को राहुल सहनी ,२ बस्ने बर्ष ३१ को भुवन कालाखेती ११ बस्ने बर्ष ३० को राजन पौदार ,२ बस्ने बर्ष ४८ को दिनेश सत्रा लाई पक्राउ गरिएको हो ।
त्यसैगरि सोही जिल्ला विराटनगर महानगरपालिका ८ बस्ने बर्ष ३४ को सुवोध पासवान ,११ बस्ने बर्ष २२ को अजय सहनी,बर्ष ४० को सन्तोष कार्की ,१४ बस्ने बर्ष ५१ को बल बहादुर कोईराला ,६ बस्ने बर्ष २८ को रन्जित सिंह,१२ बस्ने बर्ष ३१ को विमल मुखिया र कटहरी गाउँपालिका वडा नं. १ बस्ने बर्ष ३५ को सवध नारायण चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
उक्त ब्यक्तिहरूलाई पक्राउ गरी जुवा ऐन २०२० कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भई रहेको पनि प्रहरीले जनाएको छ ।


