सुनसरी प्रहरीद्वारा १ महिनाको अबधीमा २३८ जना फरार प्रतिबादी पक्राउ
सुनसरी, श्रावण २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले गएको एक महिनाको अबधीमा बिभिन्न मुद्धाका २३८ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरि अदालतमा पेश गरेको छ । जसमा ५ दिन देखी २० बर्ष सम्म कैद सजाय तोकिएका प्रतिबादीहरु छन् ।
श्रावण १ गते देखी हाल सम्म सम्मानित सुनसरी अदालतबाट कैद र ज रिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरुलाई खोजतलास गरी सम्मानित जिल्ला अदालतमा पेश गरेको हो । कर्तव्य ज्या न, डाँ का, अ पहरण तथा शरिर ब न्धक, कु टपि ट, चो री, कि र्ते, जा लसाजी, ला गुऔष ध, ज्यान मा र्ने उद्योग, भ्र ष्टचार आदीमा सजाय तोकी फरार रहेका प्रतिवादीहरुबाट ४९ वर्ष कैद सजाय फर्छ्योट भएको छ भने ९ लाख ३५ हजार ३ सय १९ रुपैया जरिवाना समेत असुल भएको छ ।
सुनसरी प्रहरीको फरार पक्राउको यस अभियानले अ पराधीक घटना घटाई समाजमा निस्फिक्री हिड्ने प्रवृतिका विरुद्द लक्षित छ । अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिदैन भन्ने सन्देश यो अभियानले दिएको छ ।
फरार प्रतिबादी पक्राउका क्रममा मिति २०६६ बैशाख १६ गते आफ्नी नातिनी ५ वर्षीया सोशिला कुमारी खत्वेलाई घाटी वटारी मारेर प्लाष्टिकको बोरामा हालेर खेतमा गाडी फरार रहेका वसन्त खत्वे समेत रहेका छन् । उनलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट जन्म कैद सजाय तोकिएको थियो ।


