कुरैमा सीमित ‘सिमकोटमा सडक’

काठमाडौँ । केही समय पहिले सिमकोट–१ का पूर्ण भण्डारीले आफ्ना आफन्तलाई स्वाँस्वाँ आउने समस्याको उपचारका लागि झण्डै तीन घण्टा पिठ्यूँमा बोकेर सिमकोट जिल्ला अस्पताल पु¥याए। पहिले गाउँकै स्वास्थ्यचौकीमा उपचार गर्दा त्यहाँबाट जिल्लामा ‘पठाइएको’ उनले बताए।

गाउँमा रहेका स्वास्थ्यचौकीमा सामान्य किसिमका समस्याको उपचार भए पनि जटिल समस्या हुँदा सिमकोट र त्यहाँबाट पनि ठिक नहुँदा अन्यत्र लैजानुपर्छ । सिमकोटका मात्रै होइन लाली, पिउस, राया, थालीलगायतका स्थानका नागरिकको दैनिकी सडक नपुग्दा कष्टकर भएको छ । उनीहरुले झण्डै सात घण्टासम्म पैदलमा हिँडेर सिमकोटमा पुग्नुपर्ने बाध्यता रहेको छ । सडक यातायात नहुँदा धेरै किसिमको समस्या भोग्नुपरेको यहाँका स्थानीयवासी सुनाउछन् । सबैभन्दा बढी उपचार र खाद्यन्न आपूर्तिमा समस्या रहेको स्थानीयवासी बताउँछन् । गाउँघरका स्वास्थ्यचौकीमा भने जस्तो उपकरण र स्वास्थ्यकर्मी नभेटिने भण्डारीले बताए। एकातिर जिल्ला अस्पताल पुग्नै कठीन छ भने अर्कातिर जिल्लाबाट बाहिर जानुपर्दा अझै गारो रहेको उनले बताए। उनले भने, “सक्नेले त जिल्लामा उपचार नहुँदा महङ्गो हवाई भाडा तिरेर जिल्ला बाहिर लान्छन् नसक्नेले उपचार नपाउने अवस्था छ ।”

सदरमुकाम भन्दा टाढा रहेका र त्यस आसपासका गाउँका नागरिकले परिवारका सदस्य वा आफन्त बिरामी हुँदा पिठ्यूँमा बोकेर लैजानुपर्ने बाध्यता छ । गाडी नहुँदा बिरामीको उपचार मात्रै नभएर जिल्लामा दैनिक उपभोग्य वस्तु तेल, चामल, चिनीलगायतको मूल्यसमेत महङ्गो तिरेर खानुपरेको छ । खाने तेलको मूल्य आधा लिटरको दुई सय रुपैयाँसम्म छ ।

सडक यातायातसँग जोडिन बाँकी एक मात्रै जिल्ला सदरमुकाम सिमकोटमा नागरिकले गाउँमा जटिल बिरामीलाई स्टेचर तथा पिठ्यूँमा बोकेर उपचारका लागि सदरमुकाम ल्याउनुपर्ने बाध्यता छ । सरकारले वर्षेनि सिमकोटसम्म सडक पु¥याउने लक्ष्य राख्दै आएको धेरै वर्ष भयो तर त्यो अहिलेसम्म पूरा भएको छैन । वर्षेनी रेडियोबाट यही कुरा सुन्दै आएका जुम्ली भन्छन्, “अब त कुरा पत्यार लाग्न नि छाड्यो ।”

हुम्लाको दक्षिणी क्षेत्रमा रहेका अदानचुली, चङ्खेली, ताँजाकोट र सर्केगाड गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । सडक सञ्जालले सिमकोटलाई नछुदा आसपासका गाउँपालिकालाई खाद्यन्न ढुवानीदेखि जटिल खालका बिरामीलाई जिल्ला अस्पतालसम्म पुग्नै गाह्रो भएको छ । जिल्लामा सडकले नछुँदा छिमेकी जिल्ला मुगु, बाजुराबाट चामल, तेल, साबुन र लत्ताकपडा घोडा खच्चडबाट ढुवानी हुने गरेको छ । सिमकोटमा व्यवसाय गरिरहेका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुदेखि अन्य सामाग्री पैदल मार्ग घोडा, खच्चरबाट ढुवानी गरेर ल्याउने गरेका छन् ।

नेपालगञ्ज, सुर्खेतबाट हवाई मार्गबाट ढुवानी गरेर ल्याएको सामान महँगोमा खरिद गर्नुपर्ने भएकाले आफैँ छिमेकी जिल्ला बाजुराको कोल्टी, मुगुको गमगडीलगायतका क्षेत्रमा पुगेर खाद्ययन्नदेखि अन्य सामग्री खरिद गरेर ल्याउने गरेको सिमकोट–२ का शङ्कर रावलले बताए । सडक नपुगेकै कारण आफू जानआउन गरी झण्डै एक साता हिँडेर सामान ल्याउनुपरेको उनले बताए । उनले भने, “सरकारले बजेट भाषणमा सडक पु¥याउने भनेपनि खोइ हामी दुर्गमका नागरिकले कहिले सिमकोटसम्म गाडीमा सामान ल्याउन पाउने हो ?”

कुनै पनि सामान जुनसुकै माध्यमबाट भए पनि सिमकोट ल्याउँदासम्म महँगो हुने भएकाले सस्तो मोलमा बेच्न नसकिने रावलले बताए । एक पोका चाउचाउको मूल्य झण्डै रु ५० पर्ने गरेको छ । चामल खच्चडले पैदल मार्गबाट ढुवानी गरेर ल्याउँदा रु तीन हजारदेखि पाँच हजार सम्मपर्छ । उनले भने, “हुम्लीको दुःख कहिले हट्ला, पिठ्यूँको भारी बोक्न छुटकरा कहिले हटेर हामीले पनि गाडी चड्न पाउँला ।”

सिमकोटसँगै जोडिएको खार्पुनाथ गाउँपालिका–३ का सालिबाने टमटा अझै पनि आफूहरुले दैनिक ५÷६ घण्टासम्म पैदल बिरामी बोकेर सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको गुनासो गरे । गाउँमा रहेका स्वास्थ्य संस्थामा सदरमुकामको जिल्ला अस्पताल जस्तो सबै सुविधा नहुँदा कि महङ्गो हवाई भाडा तिरेर हेलिकोप्टरमा जिल्ला बाहिर जानुपर्छ कि दिनभर पिठ्यूँमा बोकेर सिमकोट पुग्नुपर्ने हुन्छ ।

“गाडी पुगेको भए सजिलो सेवा पाउथ्यौँ होला तर त्यसो नहुँदा हामी हुम्लाका भारी बोकेर दैनिकी चलाउन परेको छ”, टमाटाले गुनासो पोखे, “गाउँमै गाडी चलेर हाम्रा सुखका दिन कहिले आउने हो कुन्नी ? ” खार्पुनाथ गाउँपालिकामा रहेको छारेभीरसहित गरेर सलिसल्लादेखि सदरमुकाम सिमकोटमा ट्र्याक खोल्न अब १० किलोमिटर मात्रै बाँकी रहेको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख विसुनदास लामाले बताए ।

बाँकी रहेको खण्डमा अहिले निर्माणको काम अघि बढिरहेको उनले बताए । चट्टानी भीर भएकाले ट्र्याक खोल्ने काम सजिलो नभए पनि थोरै लम्बाई मात्रै बाँकी रहेको योजनाले जनाएको छ । सदरमुकाम सिमकोटलाई छुन अब १० किलोमिटर रहेकाले फागुन÷चैतसम्म सिमकोटसम्म ट्र्याक खोलेर गाडी पु¥याउने लक्ष्यसहित काम भइरहेको उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।