अ’फिम सहित एक जना पक्राउ

संखुवासभा, श्रावण-३० । संखुवासभा खाँदवारी नगरपालिका -७ का ६९ बर्षीय जय चापागाईलाई ला गूऔ षध अ फिम सहित पक्राउ गरिएको छ ।

हिजो दिउसो १२ बजे जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चापागाईको घरमा लुकाई छिपाई राखेको ला गूऔ षध अ फिम २०४ ग्राम फेला पारेको थियो ।

पक्राउ परेका चापागाई उपर थप अनुसन्धान भईरहेको छ ।

केपी ओलीलाई माधव नेपालले पछारेका ६ भि’डन्त

काठमाडौं । नेकपा एमालेभित्रको शक्तिसंघर्षले अध्यक्ष केपी शर्मा ओलीलाई एक पछि अर्को धक्का लाग्दै आएको छ । उनका विरोधी खेमाका माधवकुमार नेपालले एकपछि अर्को फाइदा लिंदै शक्तिसञ्चय गरिरहेका छन् ।

एमालेभित्रको शक्तिसंघर्षमा ओली निकै बलियो देखिन्छन् । पार्टीभित्र केन्द्रीय कमिटी र संसदीय दलमा ओलीको भारी बहुमत छ । १२१ जना सांसद रहेको एमालेमा माधव नेपालको पक्षमा २३ जना मात्र सांसद खुलेका छन् । ओलीको पक्षमा झण्डै ९० जना छन् । बाँकी तटस्थ भूमिकामा छन् ।

नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको २०३ सदस्यमध्ये ओलीको पक्षमा ११० भन्दा बढी छन् । माधव नेपालको पक्षमा ८० जति छन् । बाँकी तटस्थ भूमिकामा छन् ।

पार्टी कमिटी र संसदीय दलमा ओलीभन्दा निकै कमजोर भएपनि माधव नेपालले संसदीय राजनीतिको खेल चतुरता देखाए । उनले खुलेरै भनेका थिए, मर्ता क्या नही कर्ता । यति भन्दै संसदीय राजनीतिको भिडन्तमा उत्रिएका माधव नेपाल हरेकपटक विजयी बन्दै गए । ओली कडा वचन बोल्दै गए । माधव नेपाल मैदानमा विजेता बन्दै गए ।

भिडन्त नं १
कर्णाली प्रदेशमा एमालेको बहुमत हुँदा हुँदै महेन्द्रबहादुर शाहीको सत्ता सुरक्षित गरिदिए । नेपाल पक्षका प्रकाश ज्वालासहित ४ सांसदले विश्वासको मत लिंदा फ्लोर क्रस गरे । कर्णालीमा एमाले नेतृत्वको सरकार बन्ने अवस्था हुँदा हुँदै माधव नेपालको रणनीतिमा असफल पारियो । ओलीले ठूलो धक्का खाए ।

भिडन्त नं २
त्यसपछि सुदूरपश्चिममा पनि त्यस्तै भयो । माधव नेपाल खेमाका सांसदले त्रिलोचन भट्ट नेतृत्वको सरकार जोगाइदिए । माओवादीको सरकार एमालेकै सांसदले जोगाइदिएर ओलीलाई धक्का दिए । सुदूरपश्चिम ओली पक्षधर संसदीय दलमा अल्पमतमा रहेको एकमात्र प्रदेश देखियो ।

भिडन्त नं ३
गण्डकी प्रदेशमा पनि माधव नेपालले ओलीलाई धक्का दिए । त्यहाँ गठबन्धनले पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकार ढाल्यो । नेपालले त्यहाँ पनि संसदीय राजनीतिका चतुरता देखाए ।

भिडन्त नं ४
राष्ट्रियसभाको बागमती प्रदेशको रिक्त चुनावमा पनि माधव नेपालले ओलीलाई धक्का दिए । नेपाल निकट खिमलाल देवकोटा रामबहादुर थापा बादलविरुद्ध उम्मेदवार बने । कलम चिन्हबाट स्वतन्त्र उम्मेदवार बनेका देवकोटाले गठबन्धनबाट मत पाए । जसमा एमालेको माधव नेपाल पक्षधर प्रदेश सभा सांसद, स्थानीय निकायका मतदाता जनप्रतिनिधिको पनि मत थियो ।

भिडन्त नं ५
ओलीलाई प्रधानमन्त्रीबाट हटाउने निर्णायक शक्ति पनि माधव नेपाल नै बने । दोस्रोपटक प्रतिनिधि सभा विघटन हुनु अघि माधव नेपाल पक्षधर २८ सांसदले हस्ताक्षर गरेर देउवालाई प्रधानमन्त्री बनाउने बहुमत सांसदको दाबी प्रस्तुतीमा हस्ताक्षर गरेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नै प्रधानमन्त्री कायम राखी प्रतिनिधि सभा विघटनको सिफारिश सदर गरी मध्यावधि चुनावको घोषणा गरिदिइन् । अदालती प्रक्रिया लामो समय चल्यो । त्यस क्रममा माधव नेपालले ओलीविरुद्ध आफ्नो शक्ति प्रयोग गरे । उनी पक्षधर सांसद घटिरहे । तर, ती ओलीलाई सत्ताबाट हटाउने अवस्था बनाउन पर्याप्त बने ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि उनलाई विश्वासको मत दिंदा माधव नेपाल पक्षधर २२ सांसदले मतदान गरे । जसमध्ये ओलीको मन्त्रिमण्डलमा मन्त्री भएकाहरु पनि थिए । उनले ओलीलाई त्यहाँ पनि धक्का दिए ।

भिडन्त नं ६
लुम्बिनी प्रदेशमा ओलीनिकट शंकर पोखरेल नेतृत्वको सरकार ढाल्न लामो संघर्ष चल्यो । पोखरेलको पक्षमा बहुमत कायम रहन नदिन माधव नेपालले दाङ २ ख बाट निर्वाचित प्रदेश सभा सांसद अम्बरबहादुर डाँगी क्षेत्रीलाई राजीनामा गर्न लगाए । त्यसपछि पोखरेल अल्पमतमा परे । उनले बिमला वली खत्रीलाई साथमा तानेर सरकार जोगाउन खोजे । तर, सफल भएनन् । एमालेको सुर्य चिन्हबाट निर्वाचित अजय शाही पनि गठबन्धनको पक्षमा उभिए । माधव नेपालले ओलीलाई लुम्बिनीमा पनि धक्का दिएर देखाइदिए ।

कसरी सम्भव
संसदीय राजनीतिको लामो अभ्यास गरेका, नेकपा एमालेको लामो समय नेतृत्व गरेका माधव नेपालले राजनीतिक अनुभव विरोधीलाई साइजमा ल्याउन प्रयोग गरे । संसदीय राजनीतिको पछिल्लो लडाईंमा माधव नेपालले ओलीलाई जताततै पछारिदिए । अंकगणितमा ओलीभन्दा जतिसुकै कमजोर भएपनि माधव नेपालले हरेक मैदानमा पछारिदिएका छन् । यसका लागि उनले एमालेबाहेकको शक्तिहरुसँग गठबन्धन बनाएका छन् ।

अबको भिडन्त
माधव नेपाल ओलीसँग अझै भिडन्तमा छन् । अबको भिडन्त नेकपा एमालेको नेतृत्वबाट ओलीलाई हटाउने या विभाजन गर्नेमै देखिएको छ । यो भिडन्तमा माधव नेपालले चाल्ने कदम र रणनीति चासोको विषय बनेको छ । उनी ओलीलाई एमाले अध्यक्षबाट हटाउने साहसका साथ जुटेका छन् । तर, त्यो सजिलो छैन । ओलीसँग एउटै पार्टीमा बस्न नसकिने निष्कर्षमा पुगेका नेपालले हटाउन नसके पार्टी विभाजन गर्ने निश्चितप्रायः छ । त्यसपछि यी दुईको भिडन्त नयाँ मोडमा पुग्न सक्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।