नेकपा (एकीकृत समाजवादी) ले जनताको बहुदलीय जनवाद नै मान्ने

काठमाडौँ, ८ भदौ । नवगठित नेकपा एकीकृत समाजवादी०ले जनताको बहुदलीय जनवाद जबज० का मूल्य, मान्यताको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य निर्धारण गरेको छ ।

नेकपा ९एमाले० बाट अलग भएको सो पार्टीका प्रस्तावित केन्द्रीय सदस्य र सांसदको चन्द्रागिरिमा भएको दुई दिने बैठकले पार्टीको विधान पारित गरेको हो । एमालेले जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ ।

सो पार्टीको विधानमा पार्टीको राणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद भएको उल्लेख गर्दै शोषण, उत्पीडन र विभेद्को अन्त्य गर्दै समानतासहितको स्वतन्त्रतामा पुग्न सकिने विश्वास गरिएको छ ।

विधानमा शान्तिपूर्ण सङ्घर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक सामाजिक रुपान्तरणसहित राष्ट्रिय पूँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवादका आधार निर्माण गर्नु पार्टीको तात्कालीन लक्ष्य रहेको जनाइएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्ति, विचार र मूल्यका विरुद्ध विद्रोह गर्दै नयाँ पार्टी गठन गरिएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले एमालेको नेतृत्वले विधि, विधानको कुनै पालना नगरेको जनाउँदै विद्रोह गर्नुपरेको स्पष्ट गर्नुभयो । राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश बमोजिम यही भदौ २ गते सो दलले नयाँ दल दर्ताका लागि निवेदन दिएकामा भदौ ९ गते सनाखतका लागि निर्वाचन आयोगले समय तोकेको छ ।

सो पार्टीको केन्द्रीय कमिटीमा अध्यक्ष एक, वरिष्ठ नेता एक, उपाध्यक्ष सात, महासचिव एक, सचिव सात गरी १७ पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक सदस्य गरी १५१ रहनेछन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।