सिंहदरवारमा सिंहझैँ देखिएका माधव भन्छन् : २२-२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैनन्

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी भदौं २३ गतेसम्म मन्त्रिपरिषद विस्तार नहुने संकेत गरेका छन्।

बिहीबार सिंहदरबारमा सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले मन्त्रिपरिषद् विस्तार तत्काल नहुने संकेत गरेका हुन्।

मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘२२-२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैनन्।’

यस्तै, अध्यक्ष नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट गरेका छन् । सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलिन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो ।’

एमाले छाडेर एकीकृत समाजवादीतिर लाग्ने प्रदेश सांसदको संख्या ५२ पुग्यो, कहाँबाट कतिले छाडे….

नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएपछि जनप्रतिनिधिहरुले धमाधम पार्टी रोज्न थालेका छन्। निर्वाचन आयोगले दल रोज्नका लागि भदौ २२ गतेसम्मको समय दिएपछि प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो कित्ता क्लियर गरिरहेका छन्।

हालसम्म अधिकांश प्रदेशका सांसदहरुले पार्टी रोजीसकेका छन्। केही सांसदहरु भने विचाराधिन अवस्थामा छन्। अहिलेसम्म प्रदेश १ बाट १० जना, बागमतीबाट १२ सुदूरपश्चिमबाट १३, प्रदेश २ बाट १३ जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजिसकेका छन्।

त्यस्तै लुम्बिनी प्रदेशबाट १ जना, कर्णालीबाट ३ जना सांसदहरुले एकीकृत समाजवादी पार्टी रोजेका छन्। गण्डकी प्रदेशबाट भने हालसम्म कुनै पनि सांसदले पार्टी रोजेका छैनन्। त्यहाँका सांसदहरु अहिले पनि सोचमग्न अवस्थामा रहेका छन्।

चार महिनाभित्र नेकपा (एकीकृत समाजवादी) मुलुककै ठूलो दल बन्छ : माधब पक्षका नेताहरु…

नेकपा एकीकृत समाजवादी का नेताहरुले चार महिनाभित्र नेकपा एकीकृत समाजवादी मुलुककै ठूलो दल बन्ने दाबी गरेका छन् । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै सो पार्टीका नेता मेटमणि चौधरीले यस्तो बताएका हुन् ।

“प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्र यादवसम्म एकता हुन्छ,” उनले भने,“त्यसपछि हामी मुलुककै ठूलो पार्टी बन्छ ।”अपेक्षा गरेको भन्दा धेरै सांसदको सनाखत भएको उनको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।