मेयर बिरामी भएपछि तीन महिनादेखि थलियो पोखरा, विकासका काम ठप्प

पोखरा, ४ असोज । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरसभाबाट पास भएका निर्णयहरू १५ दिनभित्र प्रमुखले प्रमाणित गर्नुपर्छ । गत १० असारमा पोखराले चालू वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्यायो । तर, हालसम्म त्यो प्रमाणीकरण भएको छैन । गत १ साउनमा मेयर मानबहादुर जिसीलाई मष्तिष्कघात भएपछि उनी काठमाडौंमा उपचाररत् छन् ।

जिसी बिरामी भएपछि पोखराको आर्थिक तथा विकासका सबै गतिविधि ठप्प भएका छन् । मेयरको अनुपस्थितिमा उपमेयरले काम गर्नुपर्ने कानुनी व्यवस्था छ । तीन महिनासम्म उपमेयरले कार्यबाहक जिम्मेवारी पाएकी छैनन् । यसले गर्दा कार्यपालिका बैठकसमेत बस्न सकेको छैन ।

अहिले पोखराका जनप्रतिनिधिहरूले नै विरोध गर्न थालेका छन् । पोखरा १३ का वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा)ले मेयरको पारिवारिक अड्चनका कारण कार्यबाहकको जिम्मेवारी नदिएको आरोप लगाए ।

‘मेयरसाप बिरामी हुनुहुन्छ । उहाँलाई केही भन्ने ठाउँ छैन । तर, उहाँको छोरीज्वाइँलगायतले कार्यबाहक दिन मानेका छैनन् । अहिले पोखराको सबै गतिविधि रोकिएको छ’, उनले भने ।
कार्यकारी निर्णय गर्न नपाएका कारण राजश्व गुम्ने खतरा बढेको उनले बताए ।

‘रामघाटबाट वर्षेनी आठ करोडभन्दा बढी आम्दानी हुन्छ । तर, अहिले टेण्डर आह्वान पनि भएको छैन,’ लामाले भने, ‘कसको नियतका कारण यस्तो भइरहेको छ ? उपमेयरलाई कार्यबाहक नदिँदा पोखरामा ठूलो संकट निम्तिएको छ ।’

जिसी उपचारबाट फर्किए पनि अवस्था सामान्य नहुने चिकित्सकहरूले बताएका छन् । अहिले महानगरमा राजश्व संकलन बाहेकका अन्य सबै काम रोकिएका छन् । कर्मचारीले तलब पाएका छैनन् । काम सकेका उपभोक्ताले भुक्तानी पाएका छैनन् । विभिन्न ठेक्को म्याद सकिएको छ । तर, नवीकरण हुन सकेको छैन । बाढीपीडितहरूलाई राहत र उद्धारमा समेत समस्या परेको वडाध्यक्षहरू बताउँछन् ।

‘बाढीपहिरोले जनधनको क्षति भयो । हामीले आश्वासन दिएर आयौं । महानगरले तत्काल राहत र उद्धार गर्नुपथ्र्यो, तर गरेन,’ लामा भन्छन्, ‘हामीले आश्वासन दिएर आएका छौं । त्यसको निर्णय गर्ने अधिकार कार्यपालिकालाई छ । यो बैठक नै बस्न सकेन ।’

कांग्रेसलाई अहिले महाधिवेसन लागेको छ । वडाध्यक्ष र सदस्यहरूले महानगरको दैनिक कामकाजमा ध्यान दिएका छैनन् । दलका सचेतक रामराज लामिछाने आफू चुनावमा व्यस्त भएकोले महानगरको काममा ध्यान नदिएको बताए ।

‘म नगरसभापतिको उम्मेदवार हुँ । पार्टीको चुनाव लागिरहेको छ । वडामा कार्यबाहक दिएको छ । महानगरमा के भइरहेको छ, मलाई थाहा छैन,’ उनले भने, ‘चुनाव नसकिँदासम्म म केही बोल्दिनँ । चुनाव सकिएपछि खोजौंला ।’

उपमेयर मञ्जुदेवी गुरुङले मेयरको शल्यक्रिया सकिने बित्तिकै थप छलफल गर्ने बताइन् । ‘उहाँ शल्यक्रियामा हुनुहुन्छ । एक दुई पटक कुरा राखेको हो,’ उनले भनिन्, ‘अहिलेसम्म खासै धेरै बिग्रिएको त केही छैन । तर महत्वपूर्ण निर्णयहरू गर्न सकिएको छैन । अड्चन आइरहेको छ ।’

पोखरामा मेयर उपमेयरसहित २२ वडाध्यक्ष एमालेबाट निर्वाचित भएका हुन् भने ११ वटा वडाध्यक्ष कांग्रेसतर्फबाट निर्वाचित छन् । मेयर जिसीको सोमबार (आज) अन्तिम शल्यक्रिया हुँदैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।