बायो इन्जिनियरिङ नर्सरी स्थापना

रसुवा, ४ असोज/रसुवामा बायो इन्जिनियरिङ नर्सरी स्थापना गरिएको छ । सडक डिभिजन कार्यालय नुवाकोटले जिल्लाको कालिका गाउँपालिका- १ राम्चेमा बायो इन्जिनियरिङ नर्सरी स्थापना गरेको हो ।

सडक डिभिजन कार्यालय नुवाकोटको नाममा रहेको पाँच रोपनी जग्गामा नर्सरी स्थापना गरिएको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख नारायणदत्त भण्डारीले बताए । ‘सडक डिभिजन कार्यालयको नाममा पाँच रोपनी जग्गा रहेछ, त्यो यतिकै रहिरहेको अवस्था थियो, कार्यालयको नामको जग्गा हो भन्ने भएपछि चारैतिर बार लगाई नर्सरी स्थापना गरिएको हो’, उनले भने ।

गत आर्थिक वर्षमा स्थापना गरिएको नर्सरीमा करिब एक हजार बिरुवा रहेको सडक डिभिजन कार्यालय नुवाकोटका इन्जिनियर राजेन्द्र महर्जनले जानकारी दिए । अम्रिसो, उत्तिस, रानीसल्ला, फुजेत्रो, काइयो, डालेघाँसलगायतका बिरुवाहरू नर्सरीमा छन् ।

बिरुवाको हेरचाहका लागि दुई जना हेरालु राखिएको छ । नर्सरीमा उत्पादन भएका बिरुवा राम्चे, ग्राङ र मूलखर्कको पहिरो जान सक्ने संभावित स्थानहरूमा रोपिने उनले बताए । अन्य स्थानहरूमा आवश्यकताका आधारमा रोपिनेसमेत उनको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।