पहिरोले घर पुरिँदा गुल्मीमा जुम्ल्याहा दिदी-बहिनीसहित ३ को मृ त्यु

काठमाडौं । गुल्मीमा पहिरोमा परेर ३ जनाको मृ त्यु भएको छ । मंगलबार राति आएको पहिरोले पुरिएर गुल्मीको रेसुङ्गा नगरपालिका–८ का ३ को मृ त्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृ त्यु हुनेहरुमा एकै परिवारका दिदीबहिनी रहेका छन् ।

‘पहिरोमा पुरिएर एकै परिवारका जुम्ल्याहा दिदी-बहिनीसहित ३ को मृ त्यु भएको छ। राति १२ बजेतिर आएको पहिरोले एकतले घरको कोठा पुरिएको थियो’ – प्रहरीले बतायो ।

मृ तकहरुको सनाखतसमेत भइसकेको प्रहरीले बताएको छ । मृ त्यु हुनेमा स्थानीय तिलक नेपालका २ जुम्ल्याहा छोरीहरू १४ वर्षका गंगा–जमुना र २१ वर्षकी छोरी भावना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

त्यस्तैसँगै सुतेकी अर्की छोरीलाई भने तिलकले कोठाको सानो प्वालबाट तानेर निकालेको स्थानीयले बताएका छन् । मृ तकहरुको शव निकाल्न राति नै नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।