वडा कार्यालय आ’गज’नी गर्नेलाई कारबाही गर्न माग
कर्णाली, ८ असोज । वीरेन्द्रनगर नगरपालिका–१ नं वडा कार्यालयमा पे ट्रोल छर्केर आ गजनी गर्ने व्यक्तिलाई कडा कारबाही गर्न माग गरिएको छ ।
बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग गरी वडाध्यक्ष गङ्गाराम सुनारलाई ध म्क्याउनाका साथै उहाँको कार्यकक्षमा आ गजनी गरेका थिए । आ गजनी गरेलगत्तै फरार ती व्यक्तिको प्रहरीले खोजी तीव्र पारेको जनाएको छ ।
नगरप्रमुख देवकुमार सुवेदीले विज्ञप्ति जारी गर्दै प्रत्यक्ष जनतासँग सम्बन्धित कार्यालयमा आ गो लगाउने, जनप्रतिनिधि र कर्मचारीको मनोबल गिराउने हर्कत गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी हदैसम्म सजायको माग गर्नुभएको छ ।
नगरपालिकाले कार्यालयमा पेट्रोल छर्केर आ गजनी गर्ने कार्यलाई ग म्भीर अ पराध भन्दै विज्ञप्तिमार्फत घटनाको घोर भत्र्सना गरेको छ ।(रासस)


