नयाँ पार्टीले निस्वार्थ भावना का साथ देश विकास का लागि काम गर्छ :अध्यक्ष नेपाल

बागमती, ९ भदौ ।नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ पार्टी खोलेको बताउनुभएको छ ।

एकीकृत समाजवादी पार्टीको शपथग्रहण तथा मकवानपुर जिल्लास्तरीय कार्यकर्ता भेलाको आज हेटौँडामा सम्बोधन गर्दै उहाँले देश र जनताको पक्षमा निस्वार्थ एवं पवित्र भावनाका साथ गठन भएको नयाँ पार्टीले काम गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

नयाँ पार्टी गफ दिएर होइन काम गरेर जनताको मन जित्ने असल बन्ने अध्यक्ष नेपालले विश्वास व्यक्त गर्नुभयो । देशका सातै प्रदेशमा आफ्नो पार्टीको प्रभुत्व बढ्दै गएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले केही दिनभित्र बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वको सरकार गठन हुने दाबीसमेत गर्नुभयो ।

सासंद एवं सो पार्टीका केन्द्रीय सदस्य विरोध खतिवडाले केपी ओलीका कारण पार्टी फुटेको आरोप लगाउँदै विस्तारै त्यहाँका नेता तथा कार्यकर्तासमेत आफ्नो पार्टीमा आउने विचार व्यक्त गर्नुभयो ।

अर्का केन्द्रीय सदस्य मुनु सिग्देलले पनि देशमा सुशासन कायम गर्न यो पार्टी खुलेको उल्लेख गर्दै यसमा युवा वर्ग बढ्दै गएको बताउनुभयोे । पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेलको अध्यक्षतामा सम्पन्न भेलामा विभिन्न पार्टी त्याग गरेर आएका व्यक्तिलाई अध्यक्ष नेपालले टीका लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।