प्रचार प्रसार तथा संरक्षणको अभावमा होमपाटी गुफा ओझेलमा
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ८ घामेमा रहेको होमपाटी गुफा प्रचार प्रसार तथा संरक्षणको अभावमा ओझेलमा परेको छ ।

गुफा संरक्षण तथा प्रवर्द्वन गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले अवलोकन तथा निरिक्षण गरिएको वडा नं ८ का वडा अध्यक्ष सिताराम राईले बताउनु भयो ।
गुफा संरक्षण प्रवर्द्वन गर्न सके प्रचुर मात्रामा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने वडा अध्यक्ष राईले बताउनु भयो । यो साल गुफा जाने बाटो तथा स्तरोन्नतिका लागि वडा बाट ५० हजार बजेट छुट्टयाइएको जनाएको छ ।

साथै यस अघि देखि गुफा संरक्षणका लागि जुटे पनि पैसा अभावका कारण गर्न नसकिएको भन्दै तिनै तहका सरकार संग पहल गरिरहेको बताउनुभयो ।
गुफा अवलोकन तथा निरिक्षणका लागि वडा सदस्य हेम बहादुर गिरि ,गंगा बहादुर कार्की , वडा सचिव दिपेन्द्र गौतम , समाजसेवी बुद्धिजीवी मदन राई युवाहरु विरबल खड्का , विश्वजित देउजा लगायतको सहभागिता थियो ।



