दसैँका बेला अभिभावक विदेशिएपछि सन्तान चिन्तित

सुधा देव/सप्तरी, १७ असोज । सप्तरीको विष्णुपुर गाउँपालिका–६ सदा टोलकी १४ वर्षीया विभाकुमारी सदाको बुबा मंगलु सदा दुई दिनअघि रोजगारीका लागि छिमेकी मुलुक भारत गएका छन् । विजया दशमीको पूर्व सन्ध्यामा रोजगारीका लागि पन्जाव गएपछि उनीलाई अहिले चिन्ताले सताएको छ ।

चाडपर्व सकिएपछि भारत जाने सोच भए पनि दुई छाक हातमुख जोर्न समस्या भएपछि बाध्य भएर उनी काम खोज्न पन्जाव हिँडेका हुन् । ‘बिहानै सधैँ काम खोज्न बजार जानुहुन्थ्यो । काम नपाएपछि रित्तै हात फर्किनु हुन्थ्यो । १५ दिनसम्म त्यस्तै भयो । त्यसपछि बुबा भारत जानु भएको हो’, मंगलुकी छोरी विभाले भनिन् ।

मंगलु नजिकैको इँटा भट्टामा काम गर्दै आएका थिए । ‘बर्खायाम लागेपछि जेठदेखि इँटा भट्टा बन्द भयो । त्यसपछि बुबा बेरोजगारी हुनुभयो । ईटाभट्टा मंसिर पुसमा मात्रै खुल्ने भएपछि दुई दिनअघि भारत जानुभयो’, विभाले भनिन् ।

चार दाजुभाइ दिदीबहिनी र आमासहित अहिले उनको परिवारमा पाँचजना छन् । बुबाले ऋण लिएर एक महिनाको खर्च जुटाइदिएर बुबा भारत जानु भएको उनको भनाइ छ । ‘पैसा कमाएर पठाएपछि ऋण तिर्न बुबाले भन्नुभएको छ’, विभाले भनिन् ।

उनीलाई परिवारका कुनै सदस्य घरमा छैन भने नरमाइलो लाग्छ । चाडपर्वको समयमा परिवारकै लागि काम गर्न बुबा भारत जान बाध्य भएपछि परिवारका सबै सदस्यलाई दुःख लागेको उनी दुखेसो पोख्छिन् ।

सोही ठाउँका १३ वर्षीय लक्ष्मी सदाको बाबु बृहस्पतिया सदा रोजगारीका लागि भारतको पन्जाव लागेको एक हप्ता भयो । उनी पनि काम नपाएर परिवारको दुई छाक टार्न भारतको पन्जाव लागेका हुन् ।

‘बाहिर भएका सबैको अभिभावक जहाँ भएपनि चाँड पर्वमा घर आउँछन् । हाम्रो बुवा त हाम्रै पेट पाल्न चाँडपर्वको मुखमा बाहिरिएको देख्दा दुःख लागेको छ’, उनी भन्छिन् ।

यस्तै १३ वर्षीया आशाकुमारी सदाको बाबु पनि पन्जावतिर लागेको दुईदिन भएको छ । दुई वर्षदेखि कोरोना भाइरसका कारण दुई छाक हातमुख जोर्न समस्या हुदै आएपछि बाबु रोजगारका लागि पन्जाव गएको आशाकुमारी बताउँछिन् । ‘चाडपर्वको मुखमा घरकै खर्च धान्न बाध्य भएर भारत जानुपरेको देख्दा दुःखलागेको छ’, उनले भनिन् ।

विष्णुपुर गाउँपालिका–६ मा रहेका ५५ मुसहर समुदायको घरमध्ये ८÷१० घरबाहेक सबैको घरबाट एक–एक जना पुरूष एक हप्ता भित्र रोजगारीका लागि पन्जाव गएका स्थानीय ६० वर्षीया रूको सदाले बताइन्।

परिवारका हातमुख जोर्नकै लागि प्रत्येक घरका अभिभावक पुरूष बुवा वा दाजु दसैँको मुखमा रोजगारका लागि छिमेकी मुलुक भारतको पन्जाव गएका हुन् ।
स्थानीयस्तरमा काम नपाएपछि दुई छाक हातमुख जोर्न समस्या भएर चाडपर्वको मुखमा भारत रोजगारका लागि जान बाध्य भएको उनको भनाइ छ ।

चाडपर्व मुखैमा रोजगारीका अभिभावक घर बाहिर जाँदा परिवारमा खल्लो र नरामइलो लाग्नु स्वभाविक रहेको वडाध्यक्ष बहादुर सदाले बताए। दुई छाक हातमुख जोर्न समस्या भएकोले चाडपर्वको मुखमा करिब ५० जना रोजगारका लागि भारत लाग्न बाध्य भएको वडाध्यक्ष सदाको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।