१८ महिनादेखि बन्द बेलहिया नाका खुल्यो

बुटवल, १७ असोज /नेपाल–भारत सीमानाका बेलहिया खुलेको छ । कोरोना म हामारीका कारण १८ महिनाअघि बन्द भएको यो नाका आइतबारदेखि खुलेको हो । १० चैत ०७६ देखि बन्द रहेको नाकाबाट अब सवारीसाधन सहजै आउन जान सक्नेछन् ।

५ असोजकै मन्त्रिपरिषद् बैठकले नाका खुलाउने निर्णय गरे पनि जिल्ला प्रशासनमा पत्र नआएका कारण बन्द रहँदै आएको थियो । पत्र आएलगत्तै नाका खुलेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । आइतबारदेखि नै भारतबाट आउने र नेपालबाट जाने सवारीसधान सहज रुपमा चल्न थालेका छन् । नाका खुला भए पनि नेपाल आउने यात्रु र पर्यटकले भने स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।

प्रमुख जिल्ला अधिकारी तिवारीले नेपाली यात्रुको हकमा सीमामै सामान्य स्वास्थ्य परीक्षण गरिने र कोभिडको शंका लागे सीमामै एन्टीजेन परीक्षण गरिने बताए । एन्टीजेनमा पोजिटिभ देखिएकालाई पिसिआर परीक्षण गरेर नतिजाअनुसार व्यवस्थापन गर्ने उनले बताए ।

भारतबाट नेपाल आउने यात्रु र पर्यटकले ७२ घण्टे पिसिआर रिपोर्ट देखाएपछि फाराम भरेर सहजै प्रवेश पाउँछन् । सीमामा भारतीयलाई पूर्ण खोप अनिवार्य छैन । तर, तेस्रो मुलुकका पर्यटकको हकमा ७२ घण्टे पिसिआर रिपोर्टसहित कोभिडविरुद्धको पूर्ण खोप लगाएको कागजात आवश्यक पर्ने प्रजिअ तिवारीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।