आपूर्ति भयो खाद्यान्न, ढिलोगरी सुपथ मूल्य पसल सञ्चालन

खड्क सुनार/मुगु, १७ असोज । हिमाली जिल्ला मुगुमा १५ असोजदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले सुपथ तथा सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

सरकारको नीतिअनुसार १ असोजदेखि सञ्चालनमा ल्याउनुपर्ने हो । तर, मुगुमा खाद्यान्न अभावका कारण तोकिएको समयमा सुपथ मूल्यको पसल सञ्चालनमा ल्याउन नसकिएको शाखाका निमित्त प्रमुख पुस्कर भामले बताए । उनकाअनुसार खाद्यान्न आपूर्ति भएपछि १५ असोजदेखि सञ्चालनमा ल्याइएको हो ।

पसलमा अरुवा मोटा चामल प्रतिकेजी ५ रुपैयाँ छुट दिएर बिक्री वितरण भइरहेको छ । कात्तिकसम्म सहुलियत छुट मूल्यमा विक्री गर्नका लागि एक हजार क्विन्टल कोटा छुट्याइएको छ । पहिलो दिन ६० क्विन्टल सहुलियत छुट मूल्यमा चामल विक्री भएको शाखा प्रमुख भामले बताए ।

हालसम्म १ सय क्विन्टल बढी सहुलियत छुट मूल्यमा चामल बिक्री भएको छ । थप वितरण गर्नका लागि शाखाले तालिका सार्वजनिक गरेको छ । विहान १० देखि ३ बजेसम्म प्रतिव्यक्ति घरपरिवार एक र चामल लिन आउने सेवाग्राहीलाई अनिवार्य रुपमा महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पालन गर्नुपर्ने शाखाले जनाएको छ ।

मुगुमा खाद्यान्न पुग्यो

खाद्यान्न अभाव भएको जिल्लामा बल्ल खाद्यान्न पुगेको छ । जिल्लाको लागि १ सय ७० क्विन्टल चामल मुगुमा पुगेको हो । गएको असोज २ गते न्युज कारखानामा दशैंको मुखमा मुगुमा खाद्यान्न अभाव भन्ने शिर्षकमा समाचार प्रकाशित भएपश्चात खाद्यान्न आपूर्ति भएको शाखा कार्यालयका निमित्त कार्यालय प्रमुख पुस्कर भामले बताए ।

मुगुमा अन्न बालीको भण्डार भए पनि अझै यहाँका स्थानीय आयातित खाद्यान्नमा निर्भर रहेकाले जेनतेन चामल दशैंको मुखमा पुर्‍याइएको छ । अब दशैँसम्म चामल पर्याप्त मात्रामा पुग्नेछ । अभाव हुने छैन । मुगुको लागि खाद्यान्न आपूर्ति गर्ने जिम्मा पाएको खड्का निर्माण सेवाले यहीँ असोज दोस्रो साता चामल पुर्‍याएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।