मकुनाको रहस्यमय मृ’त्यु, करेन्ट लगाएको आशंका
धरान, १७ असोज । सुनसरी र सप्तरी क्षेत्रमा विगतदेखि आ तङ्क मच्चाउँदै आएको मकुना हात्ती मृ तावस्थामा फेला परेको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा एक किमी उत्तरमा स्थानीयवासीको धानबारीमा आज बिहान मृ तावस्थामा भेटिएको आरक्षणका वार्डेन अशोक रामले जानकारी दिनुभयो ।
उहाँका अनुसार शनिबार राति १२ बजे आरक्षणबाट बाहिर निस्किएको मकुना बिहान धानबारीमा मृ तावस्थामा रहेको खबर आएकाले हेर्न जाँदा धानबारीमा राखिएको क रेन्ट लागेर मृ त्यु भएको पाइएको थियो । विगत ४÷५ वर्षदेखि मकुनाले दर्जनौँ व्यक्तिको ज्यान लिइसकेको थियो । यसको उपद्रो सहन नसकेर स्थानीयवासीले मा र्ने उपाय खोजिरहेको थिए ।
नेपालमा कूल २२५ वटा जङ्गली हात्ती छन् रहेकामा कोशी टप्पुमा मात्रै १६ वटा हात्ती रहेका र भारतबाट झापाको बाहुनडागीमा १३० देखि १५० वटासम्म आउने गरेका छन् । ती हात्तीले आरक्षण नजिकका स्थानीयवासीलाई दुःख दिँदै आएका थिए । (रासस)


