रैथाने खेतीको महत्व बुझ्दै जुम्ली किसान

जुम्ला, १७ असोज/जुम्लाका किसानले रैथाने बालिको महत्व बुझ्न थालेका छन् । यसअघि जुम्लाको अगार्निक मार्सी चामल बेच्दै आएका जुम्ली किसानले पछिल्लो समय जुम्लामै उत्पादित हुने स्थानीय बालीको महत्व बुझ्न थालेका हुन् । उत्पारिवर्तशील बाली प्रजनन (इपिबी) परियोजनाले जुम्लाका किसानका लागि रैथाने खेतीतर्फ अग्रसर गर्दै आएको छ । जुम्लामा उत्पादित अर्गानिक बाली उत्पादन र संरक्षणमा लाग्नका लागि किसानलाई आकर्षण गर्दै आएको तातोपानी गाउँपालिकाका किसानले बताएका छन् । रैथाने बालीको माग बढ्दै गएपछि जुम्लाका किसान संरक्षणमा जुटेका हुन् ।

जुम्लामा पाइने कालीमार्सी धान, चिनो कागुनो, कोदो र सिमीलगायतका रैथाने बालीको संरक्षणमा किसान आकर्षित भएको किसान राजकन्या उपाध्यायले बताइन् । उनले भनिन्, ‘बढ्दो बजार माग र महत्व बुझेपछि हामी रैथानेबालीको प्रवर्द्धनमा जुटेका हौं । उनकाअनुसार जुम्लामा कार्यरत गैरसरकारी संस्था लीवर्डले जुम्लाको रैथाने बाली संरक्षणका लागि किसानलाई प्राविधिक तथा सैद्धान्तिक विषयमा सिकाउँदै आएको छ ।

यसले गर्दा जुम्ली किसान रैथाने बालीको खेतीमा आकर्षित भएको किसान हुन् । अर्गानिक खेती प्रणालीको, उत्पादन वृद्धि संकलन भण्डार, बाली दर्ता तथा बजारीकरण लगायतका विषयमा रैथाने बाली संरक्षण गर्ने लीवर्ड संस्थाले जिल्लाका किसान र लमजुङ्गका किसानबीच अन्तरक्रियासमेत गरेको थियो । ‘उत्पादन वृद्धि गर्न कृषिमा आधुनिकीकरण बहुरुपी जातको खेतीमा जोडदिन आवश्यक छ । रैथाने बालीको माग बढेको छ । तर हामी रैथाने बाली उत्पादन, प्रवर्द्धन तथा खेती विस्तारमा जुटेका छौ ।’ मार्सीधान, सिमिमात्र नभई हरेक रैथाने बाली संरक्षण गर्न जरुरी छ । उत्पादनवृद्धि तथा खेती विस्तारको लागि अनुसन्धानलाई जोड दिनुपर्ने बताइएको छ । उत्पादन, संकलन, लेबलिङ, प्याकेजिङ तथा बजारीकरणमा स्थानीय तहले सहजीकरण गर्नुपर्ने स्थानीयवासीले बताएका छन् ।

त्यस्तै लीवर्डले तातोपानी गाउँपालिकास्थित एैरेनीको एक मार्सी फाँटमा विगतका वर्षदेखि अनुसन्धान गर्दै आएको पाइएको छ । जिल्लामा संचालित धान तथा सिमीका बहुरुपीय जातहरुको अनुगमन गर्न जुम्ला पुगेका लीवर्डका बाली प्रजनक श्रीप्रसाद न्यौपानले मार्सीधानको उत्पादन वृद्धिका लागि बहुरुपीय जातको खेतीमा जोड दिँदै आएको बताए ।

लिवर्डले जुम्लामै उत्पादन हुने विभिन्न जात मिसाई बहुरुपी धानको जातको खेती गर्ने गरेको छ । ‘बाली समूह उपसमूह बनाउने, बजारीकरण सहजका लागि बाली दर्ता प्रक्रिया शुरु गर्ने जस्ता कार्यमा लीवर्ड प्राविधिक सहयोग गर्दै आएको छ । समान प्रकृति भएका एकैबाली भित्रका जातहरु एक आपसमा मिसाएर खेती गर्दा बढी जलवायु अनुकुलनशील तथा दिगो उत्पादन दिनसक्ने खालका हुन्छन्,’ लीवर्डका बाली प्रजनक न्यौपानले भने, ‘जुम्लाको हावापानीमा बहुरुपीय जातको खेती उपयुक्त हुने । लमजुङ्ग जिल्लामा पनि लीवर्डले धान र कागुनो बालीमा काम गर्दे आएको छ ।’

त्यस्तै किसान भक्तबहादुर गिरीले लीवडकै सहयोगले लमजुङ्गमा लोप हुन थालेको कागुनो खेती विस्तार भएको छ । बजारमा माग बढेको, विभिन्न परिकार बनाएर पर्यटकलाई खुवाउने गरेको अनुभव रहेको छ । लिवर्डले गत वर्षमात्रै २० मुरी कागुनो उत्पादन भएको किसान गिरीले बताए । तर लीवर्डले तातोपानीको एैरेनीको मार्सी फाँटमा मार्सीको अनुसन्धान गर्न थालेपछि उत्पादन बढ्ने थालेको छ । उत्पादन वृद्धिका लागि आगामी वर्ष आफूहरु बहुरुपी धान खेती गर्ने सोचमा रहेको जुम्ली किसान बताउँछन् ।

यो संस्थाको परियोजनाअन्तर्गत साझेदारी निकाय लीवर्ड, नेपाल कृषि अनुसन्धान परिषद् जीन बैंक, खुमलटार र वायोभर्सिटी इन्टरनेशनलको संयुक्त साझेदारीमा सञ्चालन परियोजना भएको लीवर्डले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।