घटस्थापनाको दिन ‘हेटौंडा रन’ हुने

शिव चौलागाईं/ मकवानपुर, १७ असोज । बागमती प्रदेशको राजधानी हेटौंडामा २१ असोजमा घटस्थापनाको दिन ‘हेटौंडा रन २०७८’ को तयारी गरिएको छ ।

प्रतियोगिताबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा खेलका आयोजक हेटौंडा खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले खेल क्षेत्रको विकासका लागि आफूहरु ‘हेटौंडा रन २०७८’ नामक प्रतियोगिताको तयारीमा रहेको जानकारी दिए ।

‘खेल क्षेत्रलाई अगाडि बढाउन यस्ता प्रतियोगिताको भूमिका हुन्छ भन्ने ठानेका छौं,’ अध्यक्ष शाहीले भने, ‘खेलले मानिसको स्वास्थ्यलाई राम्रो बनाउँछ भने खेलक्षेत्रको विकासका लागि पनि यस्ता प्रतियोगिताबाट पनि सघाउ पुर्‍याउन सकिन्छ भन्ने लागेरै हामीले हेटौंडा रन आयोजना गर्दैछौं ।’ अध्यक्ष शाहीकाअनुसार प्रतियोगिता सम्पन्न गर्नका लागि दुई लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, खेलकुद विकास समिति तथा हेटौंडा उप महानगरपालिकाको सहयोगमा दशैँको अवसरमा आयोजित प्रतियोगितामा प्रथम हुनेले मेडल, प्रमाणपत्रसहित १५ हजार रुपैयाँ प्राप्त गर्ने छ भने द्वितीय हुनेले मेडल, प्रमाणपत्र सहित १० हजार र तृतीय हुनेले मेडल, प्रमाणपत्रसहित ७ हजार रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।

प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाभित्र रहेका क्लब, संघसंस्था र हेटौंडा उपमहानगरपालिकाभित्रका बासिन्दाले मात्र भाग लिने पाउने अध्यक्ष शाहीले जानकारी दिए । उनकाअनुसार प्रतियोगितामा सहभागी हुन चाहनेले २० असोजसम्म कार्यालयमा फारम बुझाउनुपर्ने छ ।

पत्रकार सम्मेलनमा हेटौंडा उपमहानगरपालिकाका उप प्रमुख मीनाकुमारी लामाले हेटौंडा उप महानगरपालिकालाई खेल क्षेत्रमा नेपालका सबै नगरपालिकामध्ये उत्कृष्ट बनाउन यस्ता खेल प्रतिस्पर्धाले मद्दत पुग्ने बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।