विद्युत् लाइन विस्तार

कपिलवस्तु, १७ असोज । अर्घाखाँचीको शितगंगा नगरपालिका ११ खयरभट्टीमा पहिलो पटक विद्युत् पुग्ने भएको छ । विश्व बैंक र एसियाली विकास बैंकको सहयोगमा विद्युत् लाइन विस्तार हुन लागेको छ । वडा नं. ११ को वडा कार्यालयसमेत भएको ग्रामीण भेगका स्थानीय विद्युत् पुगेपछि खुसी भएका छन् । शनिबार ट्रान्सफर्मर जोडिए पछि विद्युत् बाल्ने सपना पुरा हुन लागेको वडा नम्बर ११ का अध्यक्ष कोपिलचन्द्र आलेले बताएका छन् ।

‘यहाँका ६५ घरमा पहिलो पटक विद्युत् पुग्ने भएको छ । पोलमा तार बिछ्याउने काम सकिएको छ । आइतबार ट्रान्सफर्मर चार्ज गर्ने योजना रहेको छ । ट्रान्सफरमर चार्ज भएपछि विद्युत् मिटर जडान गरी एक साताभित्र विद्युत् पुर्‍याउने लक्ष्य छ,’ वडाध्यक्ष आलेले भने । विद्युत् पुर्‍याउनको लागि स्थानीय शंकरपुर सामुदायिक वन उपभोक्ता समितिले समेत ४० लाख लगानी गरेको बताइएको छ ।

विद्युत् लाइन विस्तार नहुँदा स्थानीयले नगरपालिकाबाट प्रदान गरिएको २० वाट क्षमताको सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । कपिलवस्तुको कृष्णनगर वितरण केन्द्रमार्फत बुद्धभूमि नगरपालिका ९ गव्दहवाबाट ६ किलोमिटर खण्डमा पोल राखेर तार बिछ्याउने काम सम्पन्न भएपछि ट्रान्सफर्मर जडान भएको छ ।

यता खयरभट्टीदेखि ३ किलोमिटर दक्षिणतर्फ रहेको पर्सौल बस्तीमासमेत यही वर्षभित्र विद्युत् पुर्‍याउने कार्य अगाडि बढेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।