सुनसरीमा वि’ष्फोटक पदार्थसहित दुई जना पक्राउ

प्रकाश तिम्सिना/सुनसरी । सुनसरीका छुट्टाछुट्टै स्थानबाट ठूलो मात्रामा वि’ष्फोटक पदार्थ पटाकासहित दुई जना पक्राउ परेका छन् । प्रहरीले एक जनालाई दुहबी बजार क्षेत्रबाट र अर्का एकलाई इटहरीबाट पक्राउ गरेको हो ।

दुहबी नगरपालिका-१ परासटोकी क्षेत्रमा चेकजाँच गर्ने क्रममा गढी गाउँपालिका-३ का इन्द्र नारायण साहलाई किङ कोब्रा लेखिएको १४ बन्डल पटकासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सेतो प्लाष्टिकको बोरामा काँधमा बोकी रहेको अवस्थामा चेकजाँच गर्दा फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भारतबाट अ’वैध रुपमा ल्याउँदै गरेको ३ हजार ८ सय प्याकेट पटाकासहित इटहरी-६ का राजु साह पनि पक्राउ परेका छन् । साहले सडक किनारामा को३५प८७६८ नम्बरको मोटरसाइकलमा पछाडि दुई वटा सेतो प्लाष्टिकको बोरा लोड गरिराखेको र मोटरसाइकल छेउ चार बोरा पहेँलो र २ बोरा हरियो बोरामा प्याक गरी राखेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

आइतबार जिल्ला अदालतबाट म्याद थप गरी ‍अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।