बजार अनुगमन तीब्र : गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्नेलाई ठाउँकाेठाउँ कारबाही

बुटवल, १८ असोज । दसैं नजिकिएसँगै भैरहवा क्षेत्रमा बजार अनुगमन तीव्र पारिएको छ । कालोबजारी र महँगी सिर्जना गरी उपभोक्ता ठग्ने कार्य बढेको गुनासो बढेपछि व्यावसायिक प्रतिष्ठान तथा खाद्य सामग्री बिक्री केन्द्र, पसलको अनुगमन थालिएकाे हाे ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख टेकराज भट्टराईको संयोजकत्वकाे टोलीले बजारका खाद्य, किराना, फलफूल, मदिरा पसलको अनुगमन गरेको हाे । व्यवसाय दर्ता भए/नभएको, पसलबाट बिक्री गरिएका खाद्य वस्तुको गुणस्तर कायम भए/नभएको, उपभोग्य मिति भए/नभएको र बिक्री मूल्यकाे अवस्थाबारे अनुगमन भइरहेकाे भट्टराईले बताए ।

ओमसतिया गाउँपालिका-१ ठुटिपिपलस्थित चौधरी फलफूल तथा नास्ता पसललाई १० हजार जरिवाना गराइएकाे छ । एक वर्ष अघि नै म्याद सकिएका पेय पदार्थ, खाद्य वस्तु भेटिएको र व्यवसाय नवीकरण नभएको पाइएपछि कारबाही गरिएका हाे ।

बजारमा कालोबजारी हुन नदिन र उपभोक्ताको स्वस्थकर गुणस्तरीय उपभोग्य सामग्री खान पाउने अधिकार सुनिश्चित गर्न अनुगमन भइरहेकाे जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत झविलाल भट्टराई बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।