कति दिन फोन गर्न अग्लो डाँडा चहार्ने ?

हेमन्त केसी/जाजरकोट, १८ असोज । कुशे गाउँपालिका– ८ का रामबहादुर रोकाय बिरामीलाई उपचारका लागि लिएर गएका आफन्तसँग फोन सम्पर्क गर्न अग्ला डाँडामा जान थालेको सात दिन भयो । दैनिक बिहान अग्लो डाडामा जानु र बिहान १० बजे गाउँमा फर्कनु उनको दैनिकी नै भएको छ । उनकी बहिनी लडेर खुट्टा भाँचिएपछि उपचारका लागि नेपालगञ्ज लगेको ११ दिन बित्यो । दैनिक आमा, बाबा र आफन्तलाई बिरामीको अवस्थाका विषयमा जानकारी दिनुपर्ने भएकाले उनी दैनिक फोन सम्पर्क गर्न तीन घण्टा हिँडेर अग्लो डाँडामा जानुपरेको बताउँछन् ।

दैनिक घरको काम छाडेर फोन गर्न डाँडा जाने र आउने गर्दा हैरान भएको उनले पीडा सुनाउँछन् । ‘मजस्तै फोन सम्पर्क गर्न अधिकांश गाउँका मानिस अग्लो डाडाँमा जानेको ठूलै भीड हुने गरेको छ । वर्ष दिनअघि स्काइ फोनले केही ठाउँमा काम गरेको भए पनि अहिले नयाँ नमस्ते प्राविधिको फोनको टावर निर्माणसँगै स्काइ फोनले काम नगर्ने भएको छ’, उनले बताए ।

सिँगो गाउँपालिकामा फोन सम्पर्क गर्न मुस्किल हुँदै आएको स्थानीय पत्रकार सरू बस्नेतले बताइन् । ‘कतिखेर के हुन्छ थाहा नै हुँदैन । सडकको सहज पहुँच भएको र विद्युतीकरणसमेत नभएको कुशेमा बिरामीलाइ उपचारका लागि समेत हेलिकोप्टरको प्रयोग हुँदै आएको छ’, उनले भनिन् ।

जिल्लाको सबै भन्दा बढी हेलिकोप्टरमा बिरामी उद्धार गर्नेमा कुशे गाउँपालिक नै छ । स्थानीय तहमा जडान गरिएको इन्टनेटको माध्यमबाट मात्र सञ्चार सेवा प्रदान गरिँदै आएको कुशे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।

‘टावर निर्माण गरेर डाँडाहरुमा ठडिएका छन्, वर्ष दिनदेखि टावरहरु हेरेर चित बुझाउनु परेको छ’, उनले भने । टावर सञ्चालनका लागि पहल नगरेको भन्दै गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतको चर्को आलोचना हुँदै आएको छ ।

घाम नलागेको दिन अग्ला डाँडामा गएर पनि फोन सम्पर्क हुन नसक्ने स्थानीय गणेसमान सिंह बताउँछन् । कुशेलगायत जिल्लाका सबै स्थानीय तहमा टावर निर्माणको जिम्मेवारी भारतीय कम्पनीले लिएको थियो । सो सम्पनीलाई काम गर्न भन्दै ६ पटक म्याद थप्दा पनि काम नगर्दा टावर निर्माण कार्य अलपत्र परेको थियोे । अहिले चिनियाँ कम्पनीमार्फत टावर निर्माणको काम थालिएको प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले बताए ।

‘कर्णाली प्रदेशका १० जिल्लामा काम गर्न एकै कम्पनीलाई ठेक्का दिइएको रहेछ’, उनले भने, ‘१० जिल्लाको काम एकै पटक गर्न खोज्दा जाजरकोट ढिला भयो, मैले जाजरकोटको अलग गरेर काम गर्न दबाब दिएपछि अन्य ६ वटा स्थानीय तहमा काम भएर टावर सञ्चालमा आए । तर, कुशेमा आउन सकेको छैन । दशैंतिहार अगाडि काम गर्ने सहमति भएको थियो, अब होला ।’

यता, नेपाल टेलिकमलाई टावर निर्माण कार्यबारे कहाँ के भइहेको छ भन्ने जानकारीसमेत छैन । नयाँ टावर निर्माणको कुरा सुनिन्छ, तर के कति प्रगति भएको छ भन्ने हामीलाई थाहा हुँदैन टेलिकम जाजरकोटका प्रमुख गोवेन्द्र अधिकारीले बताए । गाउँमा पावरको अभावका कारण टावरहरु सञ्चालनमा समस्या आइरहने उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।