रेसुंगाको गौमुत्र नेपालकै उत्कृष्ट

गुल्मी, १७ असोज । रेसुंगाको गौशालाबाट संकलन तथा प्रशोधन गरिएको गो अर्क अर्थात गहुँत नेपालमै उत्कृष्ट रहेको पाइएको छ । अहिले रेसुंगाको गौशालाबाट गोमुत्र संकलन, प्रशोधन तथा बिक्री वितरणको काम भइरहेको छ । रेसुंगा गौशालाको गहुँत प्रयोगशालामा परीक्षण गर्दा जडिबुटीको गन्धसहित देशको अरु स्थानको भन्दा उत्कृष्ट भएको रेसुंगा संरक्षण समिति गुल्मीको दाबी छ ।

अहिले दैनिक २० लिटर गौमुत्र संकलन र प्रशोधन गरिएको छ । गौमुत्र काठमाडौं प्रयोगशालाबाट परीक्षणसमेत गरिएको छ । परीक्षण क्रममा रेसुंगाको जंगलमा पाइने विभिन्न थरीका दुर्लभ जडिबुटीहरू खाएका, चिसो र अग्लो ठाउँमा चरेका स्थानीय जातका गाईहरूको गहुँत देशका अरु गौशालामा भन्दा उत्कृष्ट पाइएको संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले दाबी गरे ।

उनले रेसुंगा गौशाला २०४२ सालबाट २६ वटा गाईहरूबाट सुरु गरिएको बताए । अहिले गौशालामा एक सय ५० भन्दा बढी गाईहरू छन् । रेसुंगा संरक्षण समितिले नै गाईहरूको संरक्षण र व्यवस्थापनको काम गरिरहको छ । स्वर्गद्वारी आश्रमका प्रमुख भागवतानन्दको पहलमा अहिलेबाट गो अर्क संकलन, प्रशोधन र बजारीकरणको काम गरिएको भुसालले बताए ।

प्रशोधित गहुँत केही दिनमा लेवलिङ गरेर बजार पठाउने योजनामा समिति रहेको छ । यो सबै कामको सहजीकरण झविन्द्र ज्ञवालीले गरेका छन् । उनी स्वर्गद्धारी आश्रमका संरक्षक भागवतानन्द गिरीका भक्त हुन् ।

संरक्षण समितिका सचिव मोती खनालका अनुसार ज्ञवालीकै पहलमा दाताहरूबाट संकलन गरेका केही रकमबाट ६० लाख रुपैयाँको लागतमा गौशाला व्यावस्थापन, गोपालहरूको बासस्थान र गाईलाई दर्शन गर्न आउने दर्शनार्थीहरूलाई बस्ने व्यवस्थासहितको काम भइरहेको छ । गौशालामा कात्तिक औँशीमा ठूलो मेला लाग्ने गर्दछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖