व्यापारी तालाबन्दी गर्ने, विद्यार्थी पठनपाठनको माग राखेर आन्दोलन गर्ने

बैतडी १८ असोज । बैतडीको सुर्नया गाउँपालिका-२ सिउडेस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन् । विद्यालयमा पठनपाठनको वातावरण नभएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन् ।

विद्यालय भवन निर्माण भएको भनिएको अनियमितताको छानबिन गरी पठनपाठन गर्ने वातावरण हुनुपर्ने भन्दै विद्यार्थीहरूले सोमबार नाराबाजीसमेत गरेका छन् । विद्यालयबाट नारा लगाएर विद्यार्थीहरू सतबाँझ चौराहा पुगेका थिए । विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन हुन पाएको छैन ।

नेपाल राष्ट्रिय मावि ग्वानीको मल्टिपल भवन निर्माणका लागि व्यापारीहरूबाट निर्माण सामग्री खरीद गरेको र सो बापतको रकम अहिलेसम्म भुक्तानी नपाएको व्यापारीहरूले बताएका छन् । निर्माण सामग्रीको रकम नपाएका व्यापारीहरूले विद्यायमा तालाबन्दी गरेका छन् भने विद्यार्थीहरूले ताला खोलेर आफुहरूको पठनपाठन नियमित हुनुपर्ने माग राखेका छन् ।

विद्यालय भवन निर्माणमा अनियमितता भएकाले यसको सत्यतथ्य छानबिन हुनुपर्ने स्थानीयहरूले माग गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।